Rumpum Advertisement

दलित बृद्धालाई कुटपिट गर्ने आमा छोरीलाई जेल

Neuro Revised Adv
Koshi Dashain ad
दलित बृद्धालाई कुटपिट गर्ने आमा छोरीलाई जेल


विराटनगर १६ बैसाख ।

दलित बृद्धालाई आक्रमण गरेको आरोपमा मोरङ जिल्ला अदालतले आमा छोरीलाई पूर्पक्षकालागि कारागार चलान   गरेको छ ।

मोरङको लेटाङ नगरपालिका ३ भोगटेनीकी ७१ वर्षीया बृद्धा विभा रसाइलीलाई घरमै गएर सांघातिक आक्रमण गर्ने छिमेकी आमाछोरी तारा र रेनुका श्रेष्ठलाई मोरङ जिल्ला अदालतले सोमबार पुर्पक्षकालागि चलान गरेको हो ।

इलाका प्रहरी कार्यालय लेटाङले अनुसन्धान गरि कुटपिट अंगभंग र जातीय बिभेद कसुर आरोपमा दर्ता गराएको मुद्दामा जिल्ला अदालत मोरङका न्यायधिश कृष्णमुरारी शिवाकोटीले बृद्धालाई जातीय गाली गलौज गर्दै कुटपिट गरेको आरोपमा पुर्पक्षकालागि मोरङ कारागार चलान गरेको हो ।

पाँच बर्षको बालकलाई खेल्ने क्रममा गाली गरेको निहुँ झिकेर श्रेष्ठ आमाछोरीले गत चैत्र २० गते साँझ छिमेकी ७१ वर्षीया बृद्धा बिभा रसाइलीलाई लाई घरमै गएर जातिय गालीगलौज गर्दै आक्रमण गरेका थिए । आक्रमणबाट बृद्धाको नौवटा करंगमा चोट लागेको थियो ।

दलित बृद्धालाई कानूनी न्याय दिलाउन प्रहरीसँगै दलित अधिकारकर्मीहरु पनि सक्रियतापूर्वक लागेका थिए । जातिय बिभेद कसुर ठहरेमा २५ हजार जरीवना र एक लाख रुपैया क्षतिपूर्ति सहित तीन वर्षसम्म सजाय हुनसक्छ ।

यसैगरि कुटपिट तथा अङभङ अपराधमा क्षतिपूर्ति सहित बढीमा १० बर्षसम्म सजाय हुनसक्छ ।