Rumpum Advertisement

बक्राह खोलामा ‘एम १६’ हतियार भेटियो

Neuro Revised Adv
Koshi Dashain ad
बक्राह खोलामा ‘एम १६’ हतियार भेटियो
साङ्केतिक तस्बिर

विराटनगर
बक्राह नुनसरी खोला किनारमा नेपाली सेनाले प्रयोग गर्ने ‘एम १६’ राईफल फेला परेको छ । मोरङको मिक्लाजुङ गाउँपालिका– ६ बक्राह नुनसरी खोलामा एम १६ राइफल, म्यागजिन र ६ राउण्ड गोली फेला परेको हो ।

सोमवार स्काभेटर प्रयोग गरी गिटी निकाल्ने क्रममा राइफल, म्यागजिन र गोली भेटिएपछि मजदुरले प्रहरीलाई खबर गरेका थिए । लगत्तै मधुमल्लाबाट पुगेको प्रहरीले खिया लागेको अवस्थामा हतियार फेला पारेको जिल्ला प्रहरी कार्यालय मोरङका प्रहरी नायव  उपरीक्षक घनश्याम श्रेष्ठले जानकारी दिए ।

खोलामा गाडिएको अवस्थामा हतियार फेला परेपछि अनुसन्धान सुरु गरेको श्रेष्ठले बताए ।

द्वन्द्वकालमा एम १६ राईफल नेपाली सेनाले प्रयोग गरेको थियो । सोमबार भेटिएको हतियार तत्कालीन विद्रोही माओवादी समूहले सेनाबाट खोसेर लुकाएको हुनसक्ने प्रहरीले बताएको छ ।