Rumpum Advertisement

पाँचथरमा रुखबाट लडेर एक जनाको ज्यान गयो

Neuro Revised Adv
Koshi Dashain ad
पाँचथरमा रुखबाट लडेर एक जनाको ज्यान गयो

पाँचथर,
पाँचथरमा रुखबाट लडेर एक वृद्धको मृत्यु भएको छ । पाँचथरको कुम्याक गाउँपालिका–१ काफ्लेपानिमा आइतबार रुखबाट लडेर ६० वर्षीय विन्दमान लावती मृत्यु भएको हो ।

आइतबार अपरान्ह ५ बजेको समयमा हरिप्रसाद प्रधानको जग्गामा सोही स्थान बस्ने लावतीको टाँकीको रुखमा चढेर घाँस काट्ने क्रममा अचानक लडेर घाइते भएका थिए ।

लडेर गम्भीर घाइते भएका लावतीलाई उपचारको लागि यासोक फार्मेसीमा पठाइएकोमा उपचारको क्रममा साँझ साढे ६ बजे मृत्यु भएको इलाका प्रहरी कार्यालय यासोकले जनाएको छ ।