Rumpum Advertisement

रिना मृत्यु प्रकरण : नौ दिनपछि दाहसंस्कार

Neuro Revised Adv
Koshi Dashain ad
रिना मृत्यु प्रकरण : नौ दिनपछि दाहसंस्कार

 

विराटनगर, बैशाख १५ ।

मोरङको पथरीशनिश्चरे नगरपालिका–१ मा डेरा बसेको घरमुनी मृत फेल परेकी २९ वर्षीय रिना बस्नेतको नौं दिनपछि दाहसंस्कार भएको छ ।

बस्नेको शव गत शनिवार डेरा अगाडी नग्न अवस्थामा फेला परेको थियो । आइतबार आफन्त र परिवारका सदस्यले सुनसरीको चतरा घाटमा शवको अन्त्येष्टी गरेका हुन् ।

वीरबहादुर बस्नेतको घरको तीन तलामाथि १४ वर्षीय छोरासहित डेरा बस्दै आएकी रिनाको बलात्कारपछि हत्या गरिएको र प्रहरीले घटनामा संलग्नलाई पक्राउ गर्न नसकेको भन्दै स्थानीयबासी आन्दोलित भएका थिए । घटनाको सत्यतथ्य पत्ता लगाउने सहमती भएपछि आफन्तले शव बुझेर दाहसंस्कार गरेका हुन् ।

रिना मृत्यु प्रकरणको बास्तविकता बाहिर नल्याएको भन्दै पथरी उद्योगी वाणिज्य संघकी पूर्व उपाध्यक्ष कविता पराजुलीको संयोजकत्वमा संघर्ष समिति गठन गरेर स्थानीय बासिन्दा आन्दोलित बनेका थिए ।

आन्दोलनका कारण सोमबार र मंगलबार पथरी बजार असान्त बनेको थियो । स्थितिलाई नियन्त्रणमा लिने क्रममा प्रहरीले २९ सेल अश्रुग्यास प्रहार गर्दा ५ जना घाइते भएका थिए ।

प्रहरीले डेरा बसेको घरको तीन तलामाथिबाट खसेर रिनाको मृत्यु भएको अहिलेसम्मको अनुसन्धानले देखाएको बताउँदै आएको छ । पोस्टमार्टम रिपोर्टले पनि छात्ती भित्र र टाउकोमा लागेको गम्भीर चोटका कारण मृत्यु भएको देखाएको मोरङ प्रहरीका प्रवक्ता डीएसपी घनश्याम श्रेष्ठले बताए ।

उनका अनुसार कुनै हतियार प्रहार नगरिएको र बलात्कारपछि हत्या गरेको कुरा पोस्टमार्टम रिपोर्टले देखाउँदैन । शवको बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा पोस्टमार्टम गरिएको थियो ।

अहिलेसम्म प्रहरीले घटनाका विषयमा २५ जनासँग सोधपुछ गरिसकेको छ । अनुसन्धानका क्रममा रिनाका प्रेमी भनिएक कमल नेपाल प्रहरी हिरासतमा छन् । उनलाई प्रहरीले अभद्र व्यवहारको मुद्दा चलाउन म्याद थप गरेर अनुसन्धान अघि बढाएको छ ।

घटनापछि वैदेशिक रोजगारीका क्रममा दुबईमा रहेका रिनाका पति सन्तोष बस्नेत पथरी आइसकेका छन् ।

रिनाको अन्त्येष्टिमा संघर्ष समितिमा आवद्धहरु सहभागि भएनन् । समितिकी संयोजक पराजुलीले अन्त्येष्टिका नाममा न्यायलाई तिलाञ्जली र आहुती दिन आफूहरु नगएको बताइन् ।