Rumpum Advertisement

सुनसरी र मोरङका १८ पालिका वृहत विराट बिकास क्षेत्र भित्र

Neuro Revised Adv
Koshi Dashain ad
सुनसरी र मोरङका १८ पालिका वृहत विराट बिकास क्षेत्र भित्र


विराटनगर, बैशाख १५ ।

मोरङ र सुनसरीका १८ वटा पालिकाहरु वृहत्त बिराट बिकास क्षेत्र भित्र परेका छन ।  एक प्रदेश सभाले सर्वसम्मतले आइतबार पारित गरेको बृहत्त बिराट क्षेत्रको बिकास सम्बन्धमा व्यवस्था गर्न बनेको बिधेयक २०७६ अनुसार मोरङ र सुनसरीको बिभिन्न १८ पालिकाहरु वृहत्त विराट बिकास क्षेत्र भित्र परेका हुन् ।

वृहत्त विराट बिकास क्षेत्र अन्र्तगत मोरङको विराटनगर महानगरपालिका सहित जहदा, कटहरी, ग्रामथान, बुढीगंगा, कटहरी, केराबारी, धनपालथान गाउँपालिका र रंगेली, सुन्दरहरैचा नगरपालिका छन । यसैगरि सुनसरीका ईटहरी र धरान उपमहानगरपलिका सहित वराहक्षेत्र र दुहबी, इनरुवा नगरपालिका अनि कोशी, बर्जु, गढी, रामधुनी गाँउपालिका छन ।
प्रदेश सरकारले वृहत्त विराट बिकास क्षेत्र बिद्येयक संसदमा दर्ता गराएपछि सत्ता र प्रतिपक्षका सबै सांसदहरु बिभाजित भएका थिए । उनिहरुले सरकारले पहाड र दुर्गम स्थानलाई विभेद गर्दै सुगम क्षेत्रमा मात्र बिकास खन्याउन योजना बनाउन लागेको आरोप लगाएका थिए ।

यसैगरि अधिकांश सांसदहरुले वृहत्त विराट बिकास क्षेत्र छलपुर्वक स्थायी राजधानी बनाउनकालागि सरकारले एक्कासी छलफलमा ल्याएको थप आरोप पनि लगाएका थिए ।

सांसदहरुले शंसोधन प्रस्ताव फिर्ता गरेपछि बिधेयक सर्बसम्मतले पारित

सांसदहरुले धनकुटाको साँगुरीगढी र धनकुटा नगरपालिका , मोरङ र सुनसरीका सिमावर्ती क्षेत्रका सबै र मोरङको बेलबारी, उर्लाबारी, रतुवामाई लगायतका नगरपालिकालाई पनि वृहत्त विराट क्षेत्र अन्र्तगत समेट्न संसोधन प्रस्ताव दर्ता गराएका थिए ।

तर सरकारका प्रवक्त्ता तथा कानुन मन्त्री हिक्मतकुमार कार्कीको आग्रह पछि सांसदहरुले आफनो प्रस्ताव फिर्ता गरेका थिए । सत्ताधारी दलका धनकुटाका सांसदहरु निरन राई, कसुमकुमारी श्रेष्ठ, बिनादेवी राई र सुनसरीकी सांसद साबित्री जोशीले धनकुटाको साँगुरीगढी र धनकुटा नगरपालिमा बसोवास गर्ने अठपहरिया जातिलाई पनि वृहत्त विराट बिकास क्षेत्रमा राख्न भन्दै दर्ता गराएको शंसोधन प्रस्ताव फिर्ता लिए ।

यसैगरि सत्ताधारी दलकै सांसद ओखलढुंगाका मोहनकुमार खडका, उदयपुरका नारायण मगर, इलामका राम राना मगर, पाँचथरकी सीता थेबे र सोलुखुम्बुका बुद्धिकुमार राजभण्डारीले पनि शंसोधनहरु पुरा गर्ने सरकारले प्रतिबद्धता गरेको भन्दै संसोधन प्रस्ताव फिर्ता लिए ।

मुख्य प्रतिपक्षी दल काँग्रेसका सांसदरु शिवनारायण गन्गाई, केदार कार्कीले पहाडी पालिकाहरु थप गरेपनि आफुहरुले प्रस्ताव गरेका तराईका पालिका थप्न नमानेको भन्दै प्रस्ताव फिर्ता नगर्ने अडान लिएपनि सरकारले मोरङको धनपालथान र सुनसरीको कोशी गाउँपालिका अनि मोरङको रंगेली नगरपालिका थप गरेपछि उनिहरुले प्रस्ताव फिर्ता लिएका थिए ।

काँग्रेस सांसदहरुले मोरङको बेलबारी, उर्लाबारी, रतुवामाई र सुनबर्षी नगरपालिका सहित सुनसरीको हरिनगरा, देवानगन्ज, कोशी लगायतका गाउँपाकिा पनि वृहत्त विराट बिकास क्षेत्रमा समेटिनुपर्ने माग गरेका थिए ।

भौतिक पुर्बाधार बिकास मन्त्री अध्यक्ष

पारित बिद्येयक अनुसार वृहत्त विराट बिकास क्षेत्रकालागि प्रदेशको भौतिक पुर्वाधार बिकास मन्त्रिको अध्यक्षतामा समिति निर्माण हुनेछ ।

समितिमा भौतिक बिकास र मुख्यमन्त्री तथा मन्त्री परिषद कार्यालयका सचिव, मन्त्रिपरिषदको कार्यालयका महानगर सहित तीन जना पालिका प्रमुख र एक जना महिला सहित सरकारले नियुक्त गरेका तीन जना विज्ञ सदस्य हुनेछन् । समितिको सचिवमा सरकारले नियुक्त गरको कार्यकारी निर्देशक रहनेछन् ।