Rumpum Advertisement

खोटाङमा चट्याङ लागेर एक महिलाको मृत्यु, एक घाइते

Neuro Revised Adv
Koshi Dashain ad
खोटाङमा चट्याङ लागेर एक महिलाको मृत्यु, एक घाइते

खोटाङ,
खोटाङमा चट्याङ लागेर एक महिलाको मृत्यु भएको छ भने अर्की एक घाइते भएकी छन् । खोटाङको रावावेशी गाउँपालिका–३ लेखर्कमा शनिबार चट्याङ लागेर सोही स्थान बस्ने ४५ वर्षीया कमला श्रेष्ठको मृत्यु भएको हो ।

शनिबार बेलुका पौने ७ बजे वर्षासँगै खसेको चट्याङ लागेर गम्भीर घाईते भएकी कमलाको उपचारको लागी स्वास्थ्य चौकी लामिडाँडा लैजाने क्रममा बाटोमा नै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय खोटाङले जनाएको छ ।

साथै चट्याङबाट सोही स्थान बस्ने शिव श्रेष्ठकी छोरी १८ वर्षीय धनकुमारी श्रेष्ठसमेत घाइते भई लामीडाँडा स्वास्थ्य चौकीमा उपचार भइरहेको छ ।