Rumpum Advertisement

धनकुटामा १४ वर्षीय छोराले कोदालो प्रहार गरी बाबुको हत्या गरे

Neuro Revised Adv
Koshi Dashain ad
धनकुटामा १४ वर्षीय छोराले कोदालो प्रहार गरी बाबुको हत्या गरे

धनकुटा
धनकुटामा १४ वर्षीय छोराले कोदालो प्रहार गरी बाबुको हत्या गरे छन् । धनकुटाको शहीदभुमी गाउँपालिका–४ खोकुमा शनिबार १४ वर्षीय बालकले कोदालो प्रहार गरी आफ्नै बाबुको हत्या गरेका हुन् ।

राति साढे ७ बजे सोही स्थान बस्ने ४७ वर्षीय इन्द्रकुमार राइलाई गाली गरेको कारण निज कै १४ वर्षीय छोराले कोदालोले टाउकोमा प्रहार गरेका थिए । कोदालो प्रहारबाट राईको घटनास्थलमा नै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय धनकुटाले जनाएको छ ।

बाबुको हत्या गर्ने छोरालाई नियन्त्रणमा लिई घटना सम्बन्धमा थप अनुसन्धान भइरहेको प्रहरी कार्यालय धनकुटाले जनाएको छ ।