Rumpum Advertisement

८० हजारभन्दा बढी नगदसहित इटहरीबाट ८ जना जुवाडे पक्राउ

Neuro Revised Adv
Koshi Dashain ad
८० हजारभन्दा बढी नगदसहित इटहरीबाट ८ जना जुवाडे पक्राउ

इटहरी
सुनसरीको इटहरीबाट ८ जना जुवाडे पक्राउ परेका छन् । इटहरी उपमहानगरपालिका–१६ कान्छी चोकस्थित जाल्पा पेट्रोल पम्प नजिकबाट प्रहरीले शनिबार ८ जना जुवाडेलाई पक्राउ गरेको हो ।

स्थानीय दुर्गा प्रसाद कोइरालाको घरमा तास खेलाई रहेको भन्ने गोप्य सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय सुनसरीबाट खटिएको प्रहरी टोलीले अपरान्ह सवा ४ बजे कोइरालासहित सोही स्थान बस्ने रामबहादुर धिमाल, बिदुर दुलाल, इटहरी–१७ बस्ने राजेश अधिकारी, बमबहादुर ढकाल, रुवबहादुर रजान मगर, इटहरी–८ बस्ने अमित श्रेष्ठ, बराह नगरपालिका–५ बस्ने उत्तम मगरलाई पक्राउ गरेको हो ।

प्रहरीले उक्त स्थानबाट तास ३ बुक, नगद ८० हजार ६ सय ८० रुपैयाँ, म्याट–१ थान र गलैँचा १ थान बरामद गरेको छ । सो सम्बन्धमा थप अनुसन्धान भईरहेको छ ।