Rumpum Advertisement

राई र विश्वकर्मा परिवारमा झ्याँइ–झयाँइ मागी विवाह

Neuro Revised Adv
Koshi Dashain ad
राई र विश्वकर्मा परिवारमा झ्याँइ–झयाँइ मागी विवाह

धरान
सुनसरी धरानको एक राई परिवारले दलित बुहारीलाई सहर्ष स्वीकार गर्दै झ्याँइ–झ्याँइ मागी विवाह गरेर घर भित्र्याएका छन् । धरान उपमहानगरपालिका–१३ का भीमज्वाला राईको परिवारले धरान १५ बस्ने भाइबुहारी सुष्मा कालिकोटेलाई शनिवार रितपूर्वक झ्याँइ–झ्याँइ मागी विवाह गरि घर भित्र्याएका हुन् ।

भीमज्वालका भाई नवीन राई र दलित समुदायकी सुष्मा कालिकोटे (विश्वकर्मा)ले आफ्नो प्रेमलाई सार्थक बनाउन गन्धर्व विवाह गरेका थिए । उनीहरूको प्रेमबारे जानकारी पाएपछि दाजु भीमज्वालालेले भाईबुहारीलाई सहर्ष स्वीकार गर्दै राई समुदायको साँस्कृतिक चलन अनुसार ‘चोरको शोर’ बुझाएर मागी विवाह गर्ने केटी पक्षसँग अनुमति लिएका थिए ।

 

त्यसपछि शनिवार दुबै पक्षको सहभागीतामा बेहुला र बेहुलीको विवाह रितपूर्वक झ्याँइ–झ्याँइ सम्पन्न भएको थियो । समाजमा रहेको जातीय छुवाछुतको कुरितीलाई हटाउँन भीमज्वाला राई र उनको परिवारले उदाहरणीय र अनुकरणीय कार्य गरेको धरानका पत्रकार दिनेश गजमेरले बताए ।

उनका अनुसार शनिवार भएको बैवाहिक कार्यक्रममा दर्जनौँ दलित र गैरदलित व्यक्तिहरूले अन्र्तजातीय विवाह गर्ने नवीन र सुष्माको जोडीलाई टीका लगाउँदै सफल दामपत्य जीवनको शुभकामना दिएका थिए ।

सबै सचेतहरूअगाडि नसरेसम्म वषौँदेखि समाजमा जडिएर बसेको जातीय विभेद र छुवाछुत प्रथा अन्त नहुने भएकोले आफूले भाईबुहारीको विवाहलाई सहर्ष स्वीकार गरेको बताए । उनले भने, ‘जातले मान्छे ठूलो र सानो नहुने भन्ने सबै बेकारका कुरा हुन् । यस्ता कुरिती रहेसम्म समाजको विकास हुँदैन ।’

भीमज्वाला नेपाल यातायात मजदुर संगठनका केन्द्रीय अध्यक्ष हुन् भने धरानबाट प्रकाशित हुने औजार दैनिकका प्रधान सम्पादक पनि हुन् । अझै पनि दलित र गैरदलितहरूबीचको अन्र्तजातीय विवाहलाई बहिष्कार गरिँदै आएको छ ।

संविधान र कानूनले जातीय बिभेद र छुवाछुतलाई अपराध घोषणा गरेपनि समाजमा चलिआएको चलन भन्दै जातीय उँच–निचको छुवाछुत कामयै छ । अझै पनि दलित समुदायभित्र पर्ने थरहरूलाई सानो जात भनेर हेप्ने र छोइछिटो हाल्ने चलन कायमै छ ।