Rumpum Advertisement

रिना बस्नेतको मृत्यू रहस्य चाँडो सार्वजनिक गर्न महिलाहरुको माग

Neuro Revised Adv
Koshi Dashain ad
रिना बस्नेतको मृत्यू रहस्य चाँडो सार्वजनिक गर्न महिलाहरुको माग
फोटो : दिपेन्द्र तिम्सिनाको फेसबुकबाट

विराटनगर १४ बैसाख ।

मोरङको पथरी बजारमा बैशाख ७ गते बिहान मृत फेला परेकी २९ वर्षीया रिना बस्नेतको मृत्यू रहस्य चाँडो सार्वजनिक गर्न माग गर्दै महिलाहरुले प्रहरीलाई ज्ञापन बुझाएका छन् ।

पथरी बहुमुखी क्याम्पसमा अध्यन गर्ने छात्रा र पथरीशनिश्चरे नगरपालिका महिला फेडरेसनले शनिवार दिउँसो सयुक्त रुपमा रिना बस्नेतको मृत्यू रहस्य चाँडो सार्वजनिक गर्न माग गर्दै ज्ञापन बुझाएका हुन ।

नाराबाजी गर्दै इलाका प्रहरी कार्यालय पुगेका महिलाहरुको कोण सभालाई प्रदेश सभा सांसद कृष्णकुमारी राई र पथरी बहुमुखी क्याम्पसकी स्वबियू उपाध्यक्ष निता राईले सम्वोधन गरेका थिए ।

मोरङको पुर्वपश्चिम राजमार्ग अन्र्तगत पर्ने पथरी बजारमा कस्मेटिक पसल गर्दै आएकी रिना बस्नेतको रहस्य मृत्यू भएपछि स्थानीय आन्दोलित हुदै आएका छन । उनिहरुले पथरी र आसपासका क्षेत्रमा हुदै आएको श्रृंखलाबद्ध अपराधिक घटनाको बढीरहेको भन्दै चाँडै अनुसन्धान गरेर नागरिकलाई शान्ति सुरक्षा प्रदान गर्न माग गरेका छन् ।

बैशाख ९ गते बसेको एक नम्बर प्रदेश सभाको बैठकमा बोल्दै नेकपाकी सांसद कृष्णकुमारी राई र काँग्रेसका सांसद सुयर्माराज राईले पथरीमा बढ्दै गएको अपराधप्रति चिन्ता व्यक्त गर्दै नागरिकको जिउधनको सुरक्षा गर्न चाडो अनुसन्धान गरेर यर्थाथ सार्वजनिक सगर्न माग गरेका थिए ।

रिना बस्नेतको शंकास्पद मृत्युले पथरी तनावग्रस्त बनेपछि हाल इलाका प्रहरी कार्यालय पथरीमा इन्र्चाज परिवर्तन गरिएको छ । पहिलेका इन्र्चाज ईन्स्पेक्टर कमल बजगाईलाई जिल्ला तानेर डिएसपी नवराज ढुंगाना र इन्स्पेक्टरमा सुभाष भट्टराईलाई पठाइएको छ ।

पोष्टमार्टम रिर्पोटबाट रिनाको बलात्कार र हत्या पुष्टि नभएपछि प्रहरीले नयाँ कोणबाट घटनाको अनुसन्धान गरिरहेको छ । प्रहरीले रिनाका कथित प्रेमी कमल नेपाल र अन्य शंकास्पद व्यक्तिहरुको पोलिग्राफ टेष्ट गर्दैछ ।

रिनाको मृत्यू रहस्य चाँडो सार्वजनकि गर्न र हुदै आएका श्रृंखलाबद्ध अपराध नियन्त्रण गर्न माग गर्दै शुक्रबार पथरी नगरपालिका प्रमुख किशोर राईले गृहमन्त्री रामबहादुर थापालाई ज्ञापनपत्र बुझाएका थिए ।