Rumpum Advertisement

मोरङ बार अध्यक्षमा लोकतान्त्रिक समुहका पुनम गुप्ता

Neuro Revised Adv
Koshi Dashain ad
मोरङ बार अध्यक्षमा लोकतान्त्रिक समुहका पुनम गुप्ता


विराटनगर, बैशाख १४ ।
मोरङ बार इकाईको नयाँ कार्य समिति चयन भएको छ । अध्यक्षमा अधिवक्ता पुनम गुप्ता निर्वाचित भएका छन ।

शुक्रबार सम्पन्न निर्वाचनबाट मोरङ बार इकाईको कार्य समितिको अध्यक्षमा लोकतान्त्रिक खेमाका अधिवक्ता पुनम गुप्ता निर्बिरोध निर्वाचित भएका हुन ।

समितिको उपाध्यक्षमा डिल्लिराज घिमिरे, सचिवमा नागेश्वरप्रसाद सिंह, सहसचिवमा अन्जना संग्रौला, कोषाध्यक्षमा दिपक कुमार खतिवडा निर्वाचित भएका छन ।

सदस्यहरुमा मोहम्मद ईद्रिस साफी, लीलानाथ सुवेदी, पुरुषोत्तम नेपाल, कमला भट्टराई, बिकास थापा, बलराम मेहता, मधुसुदन चौधरी, बिनोद यादब, भिष्मराज थापा , कमलराज खतिवडा, महेन्द्रप्रसाद बस्ती, प्रदिपराज चौधरी र धन कार्की (थापा) निर्वाचित भएका छन् ।

निर्वाचित कार्य समितिमा एक उपाध्यक्ष सहित चार जना सदस्य प्रगतिशिल समुहका र बाँकी लोकतान्त्रिक समुहका निर्वाचित भएका छन् ।

यसैगरि केन्द्रिय कार्याकारिणी पार्षदमा निर्वाचित हुनेहरुमा युगेश्वर साहु, हेमन्त सापकोटा, महेशकुमार ढकाल, लक्ष्मणप्रसाद घिमिरे, खडगबहादुर निरौला, फणिन्द्रप्रसाद गड्तौला, मनोहरकुमार कोइराला, बिनोदकुमार खवास, बिमला भट्टराई, बिष्णुनारायण राजवंशी, डम्बरबहादुर मगर छन ।

सम्पन्न निर्वाचनमा कसैको पनि प्रतिस्पर्धी उम्मेदबारी नपरेकोले सबै जना निर्बिरोध निर्वाचित भएको निर्वाचन समिति संयोजक विनयराज पाण्डेले बताए ।

कानून व्यवसायीहरुका अनुसार लोकतान्त्रिक, प्रगतिशिल अनि गणतान्त्रिक कानून व्यवसायी संघबीच सहमती भएपछि मोरङ बार इकाईमा नयाँ कार्य समिति निर्बिरोध निर्वाचित भएका हुन् ।