Rumpum Advertisement

दाउराको भारीले किचेर मृत्यु

Neuro Revised Adv
Koshi Dashain ad
दाउराको भारीले किचेर मृत्यु


सोलुखुम्बु, बैशाख १४ ।

सोलुखुम्बुको सोताङ गाउँपालिका २ माझखर्कमा दाउराको भारीले किचेर एकजनाको मृत्यु भएको छ ।

गत १२ गते बिहान ७ बजेको समयमा घरदेखि उत्तर  आफ्नै बारीमा दाउरा बोक्न गएका ५३ वर्षीय कृष्णबहादुर राई बेलुका सम्म घर नआएपछी खोजी गर्ने क्रममा घाइते अबस्थामा भेटिएका थिए ।

राती उनलाई आफन्तहरुले दाउराको भारीले किचेर घाईते अवस्थामा फेला पारेको प्रहरीले जनाएको छ । गम्भिर घाईते उनलाई स्थानिय स्वास्थ्य चौकी सोताङ समान्य उपचार पछि थपउ पचारकोलागि शुक्रबार बेलुका एभरेष्ट एयरको हेलिकप्टरबाट राजधानी स्थीत टिचिङअस्पताल लैजाने क्रममा बाटैमा मृत्यु भएको हो ।

राईको शवलाई पोष्टमार्टमको लागी टिचिङअस्पताल काठमाण्डौमा राखिएको छ ।