Rumpum Advertisement

बस दुर्घटनामा ६ जना घाइते

Neuro Revised Adv
Koshi Dashain ad
बस दुर्घटनामा ६ जना घाइते


सुनसरी, बैशाख १४ ।

सुनसरीको ईनरुवा नगरपालिका २ महेन्द्र चौक नजिकै बस दुर्घटना हुदा ६ जना घाइते भएका छन ।

आज बिहान ३ बजेको पूर्व पश्चिमराजमार्गमा काठमान्डौबाट काकडभिट्टातर्फ जादै गरेको ना ७ ख ७४४३ नम्बरको यात्रुबाहक बसलाई सोहि दिशाबाटआईरहेको नारायणघाट काकडभिट्टा चल्ने ना ८ ख २५४० नम्बरको यात्रुबाहक बसले पछाडीबाट कुदिरहेकैअबस्थामा ठक्कर दिएको हो ।

ठक्कर दिने बसमा सवार संखुवासभाको चैनपुरघरका २६ वर्षीया रमला बराईली, नवलपरासी देउराली नगरपालिका १६ का ४०वर्षीय केशव सिग्देल, पाँचथर थालुङ गागाउँपालिका २ का ३०वर्षीया स्नेहा लिम्बु, मकवानपुर नारीगाउँपालिका ९ का ५० वर्षीय दिपक अधिकारी, निजगड नगरपालिका ५का ५ वर्षीय रवि अधिकारी घाइते भएका छन् ।

घाइते हुनेमा भरतपुर ११ नारायणघाटका २६ वर्षीय रबिन उपाध्यय समेत रहेका छन् । घाईते सबैको जिल्ला अस्पताल ईनरुवामा उपचार भईरहेको छ ।

दुबै सवारी तथा चालकहरुलाई अस्थायी प्रहरी पोष्ट सखुवागाछिले नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ ।