Rumpum Advertisement

बोक्सी आरोपमा वृद्ध दम्पति कुटिए, कुटपिटमा संलग्न चार जना पक्राउ

Neuro Revised Adv
Koshi Dashain ad
बोक्सी आरोपमा वृद्ध दम्पति कुटिए, कुटपिटमा संलग्न चार जना पक्राउ

विराटनगर, बैशाख १३ ।

मोरङको सुन्दरहरैंचा नगरपालिका–११ मा बोक्सा र बोक्सीको आरोपमा ६० वर्षीय वृद्ध र उनकी श्रीमती माथि निर्घात कुटपिट भएको छ । छिमेकी एकै परिवारका चार जनाले वृद्धवृद्धालाई कुटिपट गरेका हुन् ।

बोक्सा र बोक्सीको आरोप लगाउँदै छिमेकी वृद्ध दम्पतिलाई कुटपिट गरेपछि ६३ वर्षीय टुनका खवास, ३५ वर्षीय श्यामलाल खवास, ३१ वर्षीय रामकुमार खवास र ३० वर्षीय शशिकला खवासलाई पक्राउ परेका छन् ।

उनीहरु एकै परिवारका बुवा, छोरा र बुहारी हुन् । शशिकलाले गाउँघरमा धामी झाँक्रीको काम गर्दै आएको प्रहरीले जनाएको छ । पक्राउ परेका उनीहरुलाई ईलाका प्रहरी बेलबारीले  बोक्सी आरोप कसुर सजाय ऐन २०७२ अनुसार मुद्दा दर्ता गराएको छ ।

उनीहरुले बुधबार विहानका राति साढे १ बजे बोक्सा र बोक्सीको आरोप लगाउँदै छिमेकी ६० वर्षीय वृद्ध र उनकी श्रीमतीमाथि घरमै पुगेर सामूहिक रुपमा आक्रमण गरेको प्रहरीले जनाएको छ । लाट्ठी, लात्ता र मुड्कीले निर्घात कुटपिट गर्दा वृद्धवृद्धा दुवै जना घाइते भएका छन् ।