Rumpum Advertisement

एक नम्बर प्रदेशमा आमसञ्चार कार्यदल गठन

Neuro Revised Adv
Koshi Dashain ad
एक नम्बर प्रदेशमा आमसञ्चार कार्यदल गठन

विराटनगर , बैशाख १३ ।
एक नम्बर प्रदेश सरकारले पत्रकारितालाई व्यवस्थित र बिकसित बनाउन अध्यन कार्यदल गठन गरेको छ ।  एक नम्बर प्रदेश सरकारको सुचना र सञ्चार समेतलाई हेर्ने जिम्मा पाएको आन्तरिक मामिला तथा कानुन मन्त्रालयले प्रदेशको पत्रकारितलाई व्यवस्विथत र बिकसित बनाउन अग्रज पत्रकार यज्ञ शर्माको नेतृत्वमा १४ सदस्यि ‘आमसञ्चार अध्यन कार्यदल’ गठन गरेको हो ।

कार्यदलले प्रदेशका संचारमाध्यमलाई सबल बनाउन स्थानीय बिज्ञापन स्थानीय संचारमाध्यमलाई पहिलो प्राथमिकता, बिज्ञापनको समानुपातिक बितरण , श्रमजीवि ऐन कार्यान्वनयको अवस्था, आचार संहिताको पालना र आम सञ्चार प्रतिष्ठानको स्थापना लगायतका बिषयमा अध्यन गरेर प्रतिबेदन सरकारलाई बुझाउने छ ।

आम सञ्चार अध्यन कार्यदलमा संयोजक यज्ञ शर्मा सहित पत्रकार महासंघका पुर्व उपाध्यक्ष कौशल चेम्जोङ, पुर्व केन्द्रिय सदस्यद्धय गणेश लम्साल, गणेश पोखरेल, पत्रकार महासंघ एक नम्बर प्रदेशका अध्यक्ष बिक्रम लुईटेल, उपाध्यक्ष सोमनाथ सुसेली, पत्रकारहरु लिलाराज भट्टराई, एक्सन राई, लिलाबल्लभ घिमिरे, सुर्यनारायण यादब, शसिधर पराजुली, पत्रकार महासंघ मोरङका पुर्व अध्यक्ष बिक्रम निरौला, पत्रकार महासँघ मोरङ अध्यक्ष बन्धु पोखरेल र इलाम शाखा अध्यक्ष कोकिला ढकाल सदस्य छन् ।

एक नम्बर प्रदेशमा संचालन भएका सञ्चार संस्थाहरुलाई सबल बनाउने, श्रमजिबी ऐन लागू गराउने, बिशिष्ट योगदान गर्ने पत्रकारलाई सम्मान गर्ने र स्थानीय बिज्ञापन स्थानीय तहकै संचार माध्यमलाई दिने र पत्रकारहरुको क्षमता बृद्धिकालागि प्रदेशमा आम सञ्चार प्रतिष्ठान स्थापना गर्नेकुरा आगामी बजेटमा पार्नकालागि सहयोग पुग्ने र प्रदेशको आप्mनै सञ्चार नीति बनाउन कार्यदलको अध्यनले सहयोग हुने आपेक्षा रहेको आन्तरिक मामिला तथा कानून मन्त्री हिक्मतबहादुर कार्कीले बताए । भने — ‘कार्यदलको सुझाव अनुसार नै प्रदेशको सञ्चार नीति बनाउने र बजेट तर्जुमा गराउने छौ ।

कार्यदलकै सिफारिसका आधारमा पत्रकारितामा विशिष्ट योगदान पुर्याउने प्रदेशका अग्रज पत्रकारहरुलाई हरेक वर्ष पुरस्कृत गर्ने नीति पनि सरकारले बनाउने छ ।

प्रदेश सरकारले यही २४ बैसाखमा पर्ने राष्ट्रिय पत्रकारिता दिवसको अवसरमा प्रदेशका अग्रज र विशिष्ट पत्रकारहरुलाई सम्मान गर्ने तयारी थालेको छ ।

एक प्रदेश सरकारले गत वर्ष नै पत्रकारिता क्षेत्रको बिकासकालागि स ञ्चार कार्यादल गठन गरेपनि बिशेष कारणले गर्दा कार्यदल सक्रृय हुन सकेको थिएन ।