Rumpum Advertisement

मोरङकी एक महिला तमोर नदी किनारमा मृत फेला

Neuro Revised Adv
Koshi Dashain ad
मोरङकी एक महिला तमोर नदी किनारमा मृत फेला

धनकुटा
मोरङको केरावारी गाउँपालिका–५ सतिसाले गाउँ घर भएकी एक महिला धनकुटाको सिम्लेस्थित तमोर नदी किनारमा मृत फेला परेकी छन् । धनकुटाको राजारानी माइती भइ केरावारी सतिसाले घर भएकी २५ वर्षीया रोजिता दाहाल १२ बैशाख साँझ धनकुटाको मुलघाटदेखि १५ किमी दक्षिण सिम्ले भन्ने ठाउँमा मृत फेला परेकी हुन् ।

धनकुटास्थित मुलघाट प्रहरी चौकीका अनुसार माझीहरुले माछा मार्ने क्रममा रोजिनाको मृत शव देखेका थिए । रोजिना एक हप्ता अगाडिदेखि हराइरहेकी थिइन । उनले अब म कहिल्यै फर्कन्न भनेर श्रीमानलाई मोवाइलबाट एसएमएस गरेको पारिवारिक स्रोतले बताएको छ ।

घर झगडा वा अन्य कुनै तनावले गर्दा रोजिनाले तमोरमा हाम फालेर आत्महत्या गरेको हुनसक्ने गाउँलेहरूको बुझाइ छ । तर, उनको हत्या भएको हो वा आत्महत्या हो भन्ने पृष्टि भइनसकेको प्रहरीले जनाएको छ ।