Rumpum Advertisement

सिरहामा महिलालाई ज्यूँदै जलाइयो, श्रीमान् फरार

Neuro Revised Adv
Koshi Dashain ad
सिरहामा महिलालाई ज्यूँदै जलाइयो, श्रीमान् फरार

सिरहा,
सिरहामा एक महिलामाथि ज्यूँदै जलाइएको छ । सिरहा नगरपालिका–८ की २१ वर्षीया कञ्चनदेवी मण्डल खत्वेलाई घरायसी विवादमा श्रीमानले आगो लगाएका हुन् ।

आगोले शरीरको ८० प्रतिशत भाग जलेको अवस्थामा उनको उद्धार गरिएको थियो । अहिले कञ्चनको अवस्था गम्भीर छ । घटनापश्चात् कञ्चनका पति बेचन मण्डल खत्वे फरार भएका छन् ।

कञ्चनकी सासुलाई नियन्त्रणमा लिइएको सिरहाका प्रहरी उपरीक्षक जीवन श्रेष्ठले जानकारी दिए । घटनालगत्तै कञ्चनको उद्धार गरी प्रहरीले उपचारको लागि विपी कोइराला विज्ञान प्रतिष्ठान धरान पठाएको थियो ।

तर, शरीरको अधिकांश भाग जलिसकेकाले त्यहाँ उपचार सम्भव नभएपछि कञ्चनलाई उपचारको लागि काठमाण्डौ पठाइएको छ ।