Rumpum Advertisement

झापामा चट्याङ लागेर एक जनाको ज्यान गयो

Neuro Revised Adv
Koshi Dashain ad
झापामा चट्याङ लागेर एक जनाको ज्यान गयो

झापा,
झापामा चट्याङ लागेर एक जनाको मृत्यु भएको छ । झापाको भद्रपुर नगरपालिका–६ मा गए राति चट्याङ लागेर सोही स्थान बस्ने ३२ वर्षीय भीम राजवंशीको मृत्यु भएको हो ।

राति साढे २ बजे सामान्य वर्षा भइरहेको अवस्थामा अचानक चट्याङ खसेर लाग्दा राजवंशी गम्भीर घाइते भएका थिए । चट्याङ लागेर घाइते भएका राजवंशीलाई उपचारको लागि ओमसाई पाथिभरा अस्पताल भद्रपुर ल्याउने क्रममा बाटोमा नै मत्यु भएको वडा प्रहरी कार्यालय भद्रपुरले जनाएको छ ।

मृतकको शव परीक्षणको लागि मेची अंचल अस्पताल भद्रपुर पठाइएको उक्त कार्यालयले जनाएको छ ।