Rumpum Advertisement

ज्याला मजदुरी गर्ने दुई जनाको शव भेटियो

Neuro Revised Adv
Koshi Dashain ad
ज्याला मजदुरी गर्ने दुई जनाको शव भेटियो

विराटनगर, बैशाख १२ ।

मोरङको छुट्टा छुट्टै स्थानमा दुई जनाको शव फेला परेको छ । बिहीबार ज्याला मजदुरी गरेर जीविका चलाउँदै आएका दुई जनाको शव मोरङको बुढीगंगा गाउँपालिका र विराटनगर महानगरपालिकामा फेला परेको हो ।

विराटनगर–४ स्थित नोबेल शिक्षण अस्पताल छेउको नहरमा धनुषा घर भएका ४५ वर्षीय जगेश चौधरीको शव फेला परेको हो । ज्यालामजदुरी गर्दै आएका उनको अत्याधिक लागुऔषध सेवनका कारण भएको प्रहरीले जनाएको छ ।

विहानैदेखि अत्यधिक मात्रामा लागुऔषध सेवन गरेपछि आएर सुतेको र पछि मृत्यु भएको प्रारम्भिक अनुसन्धाबाट खुलेको प्रहरीले जनाएको छ ।

त्यस्तै बुढीगंगा गाउँपालिका–१ स्थित आरती स्ट्रिप्सको उत्तर–पूर्वतर्फको भित्री सडकमा ४३ वर्षीय भुवन भण्डारी मृत्त फेला परेका छन् । इलाम नगरपालिका–१२ घर भएका उनी आरती स्ट्रिप्सकै कामदार हुन् ।

अत्यधिक मादक पदार्थ सेवन गरेका कारण उनको मृत्यु भएको हुन सक्ने प्रहरीले बताएको छ । चौधरी र भण्डारीको शव पोष्टमार्टमका लागि कोसी अस्पतालमा लगिएको छ ।