Rumpum Advertisement

अफबाह फैलाउने मिडिायमाथी प्रहरीले निगरानी बढायो

Neuro Revised Adv
Koshi Dashain ad
अफबाह फैलाउने मिडिायमाथी प्रहरीले निगरानी बढायो


विराटनगर, बैशाख १२ ।

मोरङको पथरीकी रीना बस्नेतको मृत्यूको सन्दर्भमा भ्रमपुर्ण समाचार प्रकाशन गरेको भन्दै प्रहरीले अनलाईन मिडियामाथि निगरानी बढाएको छ ।

पथरीशनिश्चरे १ की रिना बस्नेतको मृत्युको विषयलाई लिएर केही अनलाईन सञ्चारमाध्यममा अतिरन्जित हेडलाईन राखेर प्रकाशन भएको समाचारहरूप्रति जिल्ला प्रहरी कार्यालय मोरङको गम्भिर ध्यानआकर्षण भएको जनाएको छ ।

घटनाको सुक्ष्म अनुसन्धान भईरहेको बिषयमा ‘मृतकको लाश घटनास्थलमा ठेलामा राखी फालेको सिसिटिभिमा देखियो’ जस्ता शिर्षकमा तथ्यहिन, कपोकल्पित र मनोगणन्ते तवरबाट समाचार प्रकाशन गर्दा भएको प्रहरीको भनाई छ ।

यसले आम जनमानसको सत्य तथ्य समाचार प्राप्त गर्न पाउनुपर्ने सूचना सम्बन्धि मौलिक हकको समेत हनन् भएको र महिलाको मृत्यू भएको संवेदनशील विषयमा अनर्गल रूपमा सामाजिक सद्भाव भड्काउने उदेश्यले दुस्प्रचार गरी असंवेदनशीलताको सीमा पार गरेको भन्दै गैरजिम्मेवार मिडिया माथि समेत निगरानी बढाईएको जिल्ला प्रहरी कार्यालय मोरङका प्रहरी प्रबक्ता प्रहरी नायव उपरिक्षक घनश्याम श्रेष्ठले बताए ।

हत्या भएको क्षेत्रमा हत्या भएको समयको सिसिटिभि फुटेज प्रहरीले अनुसन्धान गरीरहेको र उक्त रात त्यस्तो ठेला लिई गई कोही कसैले मृतकको लास नफालेको अनुसन्धानबाट देखिएको समेत प्रहरीले जारी गरेको विज्ञप्तीमा उल्लेख छ ।

सिसिटिभि फुटेजमा देखिएका मानिसहरू उक्त क्षेत्रमा तरकारी ओसारपसार गर्ने ज्यालादारी मजदुरहरू रहेको, निजहरू आफ्नो दैनिक रोजिरोटीको क्रममा तरकारी लैजाने ल्याउने कामको सिलसिलामा त्यहाँ गएको हालसम्मको अनुसन्धानको क्रममा खुलेको छ ।

घटना सम्बन्धमा प्रहरीले सुक्ष्म रुपमा अनुसन्धान गरिरहेको  जानकारी गराएको छ ।