Rumpum Advertisement

एक नम्बर प्रदेशसभा प्रमुख सचिवको सपथ ग्रहण सम्पन्न

Neuro Revised Adv
Koshi Dashain ad
एक नम्बर प्रदेशसभा प्रमुख सचिवको सपथ ग्रहण सम्पन्न

विराटनगर,
एक नम्बर प्रदेशसभाका प्रमुख सचिवमा नियुक्त भएका गोपाल पराजुलीको सपथ ग्रहण सम्पन्न भएको छ । सभामुख प्रदीपकुमार भण्डारीको सिफारिसमा प्रदेश प्रमुख डा. गोविन्दबहादुर तुम्वाहाङले नियुक्त भएका प्रमुख सचिव पराजुलीको बिहीबार प्रदेश सभामा सपथग्रहण सम्पन्न भएको हो ।

नवनियुक्त प्रमुख सचिव पराजुलीलाई बिहीबार सभामुख प्रदीपकुमार भण्डारीले पद तथा गोपनियताको सपथ ग्रहण गराएका हुन् । सपथ ग्रहणपछि बिहीबारै प्रमुख सचिव पराजुलीले आफ्नो पदभार पनि ग्रहण गरेका छन् ।

प्रमुख सचिव पराजुली नेपाल सरकारका सहसचिव थिए । एक नम्बर प्रदेश सरकारको आन्तरिक मामिला तथा कानून मन्त्रालयको प्र्रदेश सचिवमा कार्यरत उनले केही दिनअघि मात्र पदबाट राजीनामा दिएका थिए ।

एक प्रदेश सरकारको आन्तरिक मामिला तथा कानून मन्त्रालयको प्रदेश सचिवका रुपमा कार्यारत रहेका पराजुलीले प्रदेश प्रमुखका लागि पदबाट राजीनामा दिएपनि संघीयमन्त्री परिषदले स्वीकृत गर्न बाँकी छ ।

विभिन्न जिल्लामा सहायक र प्रमुख जिल्ला अधिकारी भएर काम गरिसकेका सचिव पराजुली नम्र र मिलनसार स्वभावका अनुभवी मानिन्छन् । संविधानअनुसार व्यवस्थापन कानून बनाएर प्रदेश संघीय र प्रदेश सभामुखहरुले प्रदेशसभालाई व्यवस्थित गराउन पाँच वर्षे अवधिका लागि एक जना प्रमुख सचिव नियुक्त गराउन पाउने व्यवस्था छ ।