Rumpum Advertisement

फ्रिडम फर फ्रिद्वारा तेह्रथुम कारागारलाई सहयोग

Neuro Revised Adv
Koshi Dashain ad
फ्रिडम फर फ्रिद्वारा तेह्रथुम कारागारलाई सहयोग

सविन घिमिरे, तेह्रथुम

लोकतन्त्र दिवसको उपलक्ष्यमा विराटनगरस्थित ‘फ्रिडम फर फ्रि’ नामक गैरसरकारी संस्थाद्वारा तेह्रथुम कारागारलाई त्यहाँको आवश्यकताअनुसार तीस थान कुर्सी हस्तान्तरण गरिएको छ ।

विराटनगरबाट आएको टोलीले तेह्रथुम जिल्ला प्रशासन कार्यालयका सहायक सीडीओ एवं तेह्रथुम कारागारका प्रमुख भक्त खड्काको संचालन, म्याङलुङ नगरपालिकाका मेयर सञ्जयकुमार तुम्बाहाम्फेको प्रमुख आतिथ्य तथा फ्रिडम फर फ्रीका निर्देशक प्रवेश पोख्रेलको अध्यक्षतामा उक्त कुर्सीहरु सुधार गृह आन्तरिक प्रशासन प्रमुख चौकीदार विकास लिम्बूको बहुलीमार्फत हस्तान्तरण गरेको थियो ।

प्रमुख अतिथिको आसनबाट मेयर तुम्बाहाम्फेले फ्रिडम फर फ्रीले कारागारका निम्ति गरेको सहयोगको प्रशंसा गर्दै आफ्नो तर्फबाट पनि सुधार गृहमा रहेकाहरूको लागि एक थान टिभि साथै अन्य सहयोग गर्ने प्रतिवद्धता व्यक्त गरेका थिए ।

मेयर तुम्वाहाम्फेले कारागार अब सुधार गृहको रुपमा स्थापना गर्नुपर्ने भन्दै जिल्ला कारागार तेह्रथुमलाई पनि अब चाँडै सुधार गृहको रुपमा स्थापना गरिने जानकारी दिए । फ्रिडम फर फ्रीले यसअघि पनि पूर्वी जिलामा रहेको विभिन्न कारागारहरुमा कैदीबन्दीको हकहितको लागि विभिन्न कार्यक्रमहरु गर्दै आइरहेको छ ।

अघिल्लो समय यस संस्थाले इलाम कारागारमा बिरामी हुँदा बिरामी शैय्या, स्ट्रलाइजेसन तथा अन्य मेडिकल सामाग्री हस्तान्तरण गरेको थियो । कारागारमा रहेका कैदीहरुको लागि सामग्री वितरणसँगै उपचार पनि गरिँदै आएकोले तेह्रथुम कारागारमा पनि कैदीहरुलाई उपचार गर्न सकिने कुरा फ्रिडम फर फ्रीका निर्देशक प्रवेश पोख्रेलले जानकारी दिए ।

उक्त कार्यक्रममा कैदीबन्दीहरुले क्षमताभन्दा तेब्बर कैदीबन्दी भएकोले सुत्न र शौच गर्न धेरै समस्या भएको भन्दै गुनासो राखेका छन् । जीर्ण भैसकेको उक्त कारागारमा अहिले ८८ जना पुरुष र ६ जना महिलासहित जम्मा ९४ जना कैदीबन्दीहरु रहेका छन् ।