Rumpum Advertisement

रीना मृत्यु प्रकरण : प्रेमी भनिएका कमल प्रहरीको नियन्त्रणमा

Neuro Revised Adv
Koshi Dashain ad
रीना मृत्यु प्रकरण : प्रेमी भनिएका कमल प्रहरीको नियन्त्रणमा

विराटनगर
मोरङ पथरीमा कस्मेटिक पसल सञ्चालन गर्दै आएकी रीना बस्नेतको शंकास्पद मृत्यु प्रकरणको अनुसन्धान गरिरहेको प्रहरीले प्रेमी भनिएका कमलप्रसाद नेपाललाई नियन्त्रणमा लिएको छ ।

मोरङको सुन्दरहरैचा नगरपालिका– ३ घर भई पथरीमा नै व्यवसायी गर्दै आएका नेपाललाई नियन्त्रणमा लिएको हो । रीनास“गको सम्बन्धको विषयमा छानविनका लागि कमललाई सोमबार राति नियन्त्रणमा लिएको प्रहरीले बताएको छ ।

जिल्ला प्रहरी कार्यालय मोरङका प्रहरी उपरीक्षक मनोज केसीले सोधपुछका लागि नेपाललाई नियन्त्रणमा लिइएको जानकारी दिए । पथरीमा व्यवसाय गरिरहेका नेपाल रीनाको प्रेमि हुन् । रीनालाई कस्मेटिक्स पसल सञ्चालन गर्न उनले नै सहयोग गरेका थिए ।

शनिवार बिहान रीनाको शव डेराअगाडि भुँईमा नग्न अवस्थामा भेटिएको थियो । घटनाको अघिल्लो दिन शुक्रवार दिनभरी कमलले रीनालाई फोन गरेका थिए । पथरीमा आयोजित कन्सर्ट हेरेर मध्यरातमा कोठा फर्किएकी रीनाले बारम्बार फोन आएपनि उठाएकी थिइनन् ।

राति करिब १२ बजे सुतेकी रीनाको शनिवार विहान विभत्स अवस्थामा शव भेटिएको थियो । शव भेटिएपछि आफन्त तथा स्थानीयले महिलाको हत्या भएको दाबी गर्दै आएका छन् । तर, प्रहरी दुर्घटना भएको हुनसक्ने बताउँदै आएको छ ।

मोरङका प्रहरी उपरीक्षक मनोज केसी हत्यामा संलग्न भएको आरोपमा नभई रीनास“गको सम्बन्धका विषयमा बुझ्न नेपाललाई नियन्त्रणमा लिएको बताउँछन् ।

षडराज र रीनाको मृत्यु एउटै प्रकृतिका

मोरङको पथरीमा षडराज तामाङको शंकास्पद मृत्यु प्रकरण सेलाउन नपाउ“दै रीनाको नग्न अवस्थामा शव भेटिएको हो । पथरी शनिश्चरे—१ स्थित सिक्का बार एण्ड लञ्चको भवन अगाडि गत फागुन १७ गते २६ वर्षीय षडराज तामाङको शव घोप्टो परेको अवस्थामा भेटिएको थियो । शनिवार शव भेटिएको रीनाको शव पनि षडराजस“ग मिल्दो जुल्दो (घोप्टो परेको) अवस्थामा थियो ।

शंकास्पद मृत्युपछि तामाङका आफन्तले अनुसन्धानका लागि किटानी जाहेरी दिए । तर, प्रहरीले जाहेरी लिएन् । शव भेटिएपछि ठाडो निवेदन लिएर अनुसन्धान गरेको प्रहरीले पोष्टमार्टम रिपोर्टमा हत्या नदेखिएको बताउँदै जाहेरी नलिँदा आफन्तले १५ दिनसम्म शव जिम्मा लिएनन् ।

तर, शवका कारण दुर्गन्ध फैलनथालेपछि १६ दिन आफन्तले शव बुझेर अन्तिम संस्कार गरे । षडराज प्रकरणमा प्रहरीको अनुसन्धानप्रति पथरी शनिश्चरे नगरपालिकाका स्थानीय असन्तुष्ट छन् ।

षडराज प्रकरण सेलाउन नपाउ“दै पथरीमा शनिवार बस्नेतको वीभत्स अवस्थामा शव भेटिएपछि स्थानीयबासी थप आक्रोशित बनेका छन् । रीनाको बलात्कारपछि हत्या भएको हुन सक्ने आफन्त र स्थानीयको आशंका छ । तर, प्रहरी भने हत्या नभई दुर्घटना भएको हुन सक्ने बताउ“दै आएको छ ।

बस्नेत बस्दै आएको फ्लाटको अवस्था, उनले प्रयोग गर्ने भित्री वस्त्र र मापसे गरेका कारण दुर्घटना हुन सक्ने प्रहरी बताउँछ । रीना वीरबहादुर बस्नेतको घरको तेस्रो तलामा बस्दै आएकी थिइन् ।

प्रहरी स्रोतका अनुसार सामान्यतया हत्याका घटनामा घटनाअघि भएका संघर्षका साइनहरू शरीरमा देखिन्छन् । तर, रीनाको शवमा भने बाहिरी संघर्षको साइन नदेखिएको प्रहरी स्रोतको दाबी छ ।

भित्री चोट भए पोष्टमार्टम रिपोर्टमा देखिने प्रहरी बताउँछ । रीनाको डेराबाट शौचालयसम्म जाने तेस्रो तलाको पर्खाल २.५ फिट अग्लो भएका कारण दुर्घटना भएको हो की भन्ने शंका गर्ने अवस्था रहेको अनुसन्धानमा संलग्न प्रहरी बताउँछन् ।

पथरीमा एसआरएस कस्मेटिक एण्ड गिफ्ट हाउस सञ्चालन गर्दै आएकी रीनाका श्रीमान् वैदेशिक रोजगारीमा थिए । उनी छोरास“ग बस्दै आएकी थिइन् । विदेशमा रहेका रीनाका श्रीमान पनि पथरी आइपुगेका प्रहरीले जानकारी दिएको छ ।