Rumpum Advertisement

प्रदेश सभाको प्रमुख सचिवमा गोपाल पराजुली सिफारिस

Neuro Revised Adv
Koshi Dashain ad
प्रदेश सभाको प्रमुख सचिवमा गोपाल पराजुली सिफारिस


विराटनगर, बैसाख ९ ।

एक नम्बर प्रदेश सभाको प्रमुख सचिवमा गोपाल पराजुली सिफारिस भएका छन ।

प्रदेश सभा व्यवस्थापन गर्नका लागि बनेको विद्येयक प्रदेश सभाबाट पारित भएर प्रदेश प्रमुखले प्रमाणीकरण गरे लगत्तै सभामुख प्रदिपकुमार भण्डारीले प्रमुख सचिवमा गोपाल पराजुलीलाई नियुक्त्त गराउन प्रदेश प्रमुख समक्ष सिफारिस गरेका हुन ।

तर सभामुखले सिफारिस गरेपनि नेपाल सरकारका सहसचिव रहेका पराजुलीको राजिनामा संघिय सरकारले स्विकृत गर्न बाँकी भएकोले प्रदेश प्रमुख गोबिन्दबहादुर तुम्वाहांङबाट उनको नियुक्तीको प्रकृया लम्बिएको हो ।

सभामुखबाट सिफारिसको पत्र प्राप्त भैसकेको तर नियुक्तिकोलागि प्रकृया पुरा गर्न बाँकी भएकोले केही दिनमै पराजुलीको नियुक्त हुने प्रदेश प्रमुखका प्रेस सल्लाहकार शेखर रेग्मीले बताए ।

एक प्रदेश सरकारको आन्तरीक मामिला तथा कानून मन्त्रालयको प्रदेश सचिवका रुपमा कार्यारत रहेका पराजुलीले प्रदेश प्रमुखकालागि पदबाट राजिनामा दिएपनि संघिय मन्त्री परिषदले स्विकृत गर्न बाँकी छ ।

बिभिन्न जिल्लामा सहायक र प्रमुख जिल्ला अधिकारी भएर काम गरिसकेका सचिव पराजुली नम्र र मिलनसार स्वभावका अनुभवी मानिन्छन ।
संबिधान अनुसार संघीय र प्रदेश संसदका सभामुखहरुले सभालाई व्यवस्थित गराउनकालागि पाँच बर्षे अवधिकालागि एक जना प्रमुख सचिव नियुक्त गर्न पाउने पाउने व्यवस्था छ ।