Rumpum Advertisement

रीनाको हत्यारालाई कारवाहीको माग गर्दै पथरीमा प्रदर्शन

Neuro Revised Adv
Koshi Dashain ad
रीनाको हत्यारालाई कारवाहीको माग गर्दै पथरीमा प्रदर्शन

 

राजकुमारी तामाङ
पथरी शनिश्चरेमा गत शनिवार बिहान नग्न अवस्थामा मृत फेला परेकी रीना बस्नेतको हत्यारालाई कारवाहीको माग गर्दै स्थानीयले प्रदर्शन गरेका छन् । सोमबार बिहान १० बजे उद्योग वाणिज्य संघको पहलमा ध्यानाकर्षण पत्र बुझाएपनि प्रहरी प्रशासनले गुनासो सुन्न नखोजेपछि स्थानीयले प्रदर्शन गरेका हुन् ।

आन्दोलित स्थानीयले महेन्द्र राजमार्गअन्तर्गत पथरी सडकखण्ड अवरुद्ध गर्दै नाराबाजी गरिरहेका छन् । आक्रोशित भिडले इलाका प्रहरी कार्यालय पथरीका प्रहरी निरीक्षक कमल बजगाँईको राजीनामा माग गर्दै प्रदर्शन गरिरहेका छन् ।

भित्री वस्त्र कोठामा, घर बाहिर महिलाको बीभत्स अवस्थामा शव

आक्रोशित भिडले ‘हत्यारालाई कारबाही गर’, ‘महिला हिंसा अन्त्य गर’, ‘शान्ती सुरक्षा कायम गर’, ‘प्रहरी प्रशासन मुर्दावाद’ लगायतका नाराबाजी गरिरहेका छन् । अहिले त्यहाँको स्थिती तनावग्रस्त भएको छ ।