Rumpum Advertisement

प्रदेश सचिवमा पराजुली

Neuro Revised Adv
Koshi Dashain ad
प्रदेश सचिवमा पराजुली

विराटनगर
संघीय सरकारको उपसचिव पदबाट राजीनामा दिएको एक दिन बित्न नपाउँदै गोपाल पराजुली प्रदेश सचिव पदमा नियुक्त भएका छन् । प्रदेश नं.१ को प्रदेश सभा सचिवमा गोपालप्रसाद पराजुली नियुक्त गर्ने निर्णय गरेको हो ।

आन्तरीक मामिला तथा कानुन मन्त्रालयका सचिव रहेका पराजुलीले आजै प्रदेश प्रमुख गोविन्दबहादुर तुम्बाबाट पद तथा गोपनियताको सपथ लिने सम्भावना रहेको स्रोतले जनाएको छ ।

संघीय सरकारका उपसचिव पदमा रहेका पराजुलीको ५ महिनापछि अवकास हुँदै थियो । तर, राजीनामा दिएर प्रदेश सभाको सचिवमा जाएका हुन् । केही दिनअघि प्रदेश संसदले प्रदेश सचिव नियुक्त गर्ने ऐन पारित गरेपछि प्रदेश सचिवको बाटो खुलेको थियो । पराजुलीले हिजैमात्र कानून मन्त्रालयको सचिव पदबाट राजीनामा दिएका हुन् ।