Rumpum Advertisement

उदयपुरमा ब्रेकफेल भइ पिकअप दुर्घटना, एक जनाको मृत्यु, ४ घाइते

Neuro Revised Adv
Koshi Dashain ad
उदयपुरमा ब्रेकफेल भइ पिकअप दुर्घटना, एक जनाको मृत्यु, ४ घाइते
प्रतिकात्मक तस्बिर

उदयपुर,
उदयपुरमा ब्रेकफेल भइ पिकअप दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने ४ जना घाइते भएका छन् । उदयपुरको बेलका नगरपालिका–७ मैनामैनीस्थित कुलुङ भन्ने स्थानमा पिकअप दुर्घटनामा १ जनाको मृत्यु भएको छ भने ४ जना घाइते भएका छन् ।

आइतबार अपरान्ह साढे ५ बजेको समयमा चतराबाट बेलका नगरपालिका–८ कोठु हुँदै मैनामैनी मयामतर्फ जाँदै गरेको को१ज १६१५ नम्बरको पिकअप गाडी ब्रेकफेल भएर पछाडी सरेर दुर्घटना भएको थियो ।

दुर्घटनामा पिअपमा सवार बेलका–७ मैनामैनी बस्ने वर्ष २३ को मनोज राईको घटनास्थलमा नै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय उदयपुरले जनाएको छ । चालकसहित पिअपमा सवार ४ जनामध्ये बेलका–८ बस्ने ३५ वर्षीया चरकुमारी राई गम्भीर घाइते भएकी छन् ।

यस्तै सोही दुर्घटनामा चालक अम्बर राई र बेलका–७ बस्ने ३२ वर्षीया पिपलकुमारी राई घाइते भई उपचारको लागि धरान स्थित वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान पठाइएको उक्त कार्यालयले जनाएको छ भने मृतकको शव पोष्टमार्टमको धरानमा राखिएको छ ।