Rumpum Advertisement

झोराहाट बालविवाह मुक्त क्षेत्र

Neuro Revised Adv
Koshi Dashain ad
झोराहाट बालविवाह मुक्त क्षेत्र
?

विराटनगर, बैशाख ८ ।

मोरङको ग्रामथान गाँंउपालिकास्थित झोराहाटलाई बाल विवाह मुक्त क्षेत्र घोषणा गरिएको छ । स्थानीय सरस्वती नमुना माध्यमिक विद्यालय परिसरमा आज आयोजित कार्यक्रमकाबीच ग्रामथान वडा नम्बर २ मा पर्ने झोराहाटलाई बाल विवाह मुक्त घोषणा गरिएको हो ।

ग्रामथान गाँउपालिका वडा नम्बर २ र वडा बाल संरक्षण समितिले आयोजना गरेको कार्यक्रमकाबीच प्रदेश सभा सदस्य बिजयकुमार विश्वास र जिल्ला समन्वय समिति मोरङका संयोजक नरेश पोखरेलले झोराहाटलाई बाल विवाह मुक्त क्षेत्र घोषणा गरे ।

बढी बालबिवाह हुने झोराहाटमा बाल विवाह न्युनिकरण गर्न एक दशकयता विभिन्न सचेतनामुलक कार्यक्रमका साथै अभियान चलाइएको वडा बाल संरक्षण समितिले जनाएको छ ।

२०७४ सालमा झोराहाट क्षेत्रमा भएको जम्मा विवाहमध्ये ३३ प्रतिशत बालविवाह भएको तथ्यांक रहेकोमा पछिल्लो दुइबर्षयता तीब्र पारिएको अभियानका कारण बालविवाहको संख्या ९८ प्रतिशत कम गर्न सकिएको सरोकारवाला संस्था नारी विकास संघकी कार्यक्रम संयोजक सरिता अधिकारीले जानकारी दिइन् ।

उनले २०७४÷७५ मा १७ वटा बालविवाह रोक्नुका साथै बालविवाहका नकारात्मक पक्षका बिषयमा अभिभावक र बालबालिकालाई जानकार बनाइएको बताएकीछिन् ।

यससंगै झोराहाट बालविवाह मुक्त क्षेत्र हुने मोरङको दोश्रो वडा भएको छ ।  यसअघि बैशाख ४ गते ग्रामथान गांउपालिकाकै वडानम्बर १ लखन्तरीलाई मोरङकै पहिलो बालविवाह मुक्त वडाकोरुपमा घोषणा गरिएको थियो ।