Rumpum Advertisement

किशोरीसँग प्रेम विवाह गर्दा जवरजस्ती करणी मुद्दा

Neuro Revised Adv
Koshi Dashain ad
किशोरीसँग प्रेम विवाह गर्दा जवरजस्ती करणी मुद्दा

विराटनगर
उमेर नपुगी विवाह गरेका एक किशोर जवरजस्ती करणी गरेको आरोपमा पक्राउ परेका छन् । १४ वर्षीया किशोरीलाई भगाएर काठमाण्डाै पुर्याएका सप्तरी राजविराज नगरपालिका– १४ गोर्खाली टोल घर भई विराटनगर महानगरपालिका– १४ बस्दै आएका ३० वर्षीय दीपक राउत करणी गरेको आरोपमा पक्राउ परेका हुन् ।

गत फागुन ५ गते विराटनगर महानगरपालिका– १३ बाट १४ वर्षीया किशोरी हराएकी थिइन् । बजार जान्छु भनेर हराएकी किशोरीको खोजी गर्न आफन्तले फागुन ६ गते इलाका प्रहरी कार्यालयमा उजुरी गरेका थिए ।

हराएको दुई महिनापछि किशोरी र युवकलाई प्रहरीले काठमाडौंबाट पक्राउ गरेको थियो । दीपक प्रेम विवाह गरी काठमाडौं पुगेकी किशोरीको उद्दार गरी आफन्तले दिएको उजुरीका आधारमा प्रहरीले युवकलाई जवरजस्ती करणी मुद्दा दायर गरेको हो ।

किशोरीको खोजी गर्ने क्रममा महानगरीय प्रहरी कार्यालय वृत गौशलाको समन्वयमा काठमाडौं महानगरपालिका–९ स्थित तिलगंगा एरियामा भेटेपछि विराटनगर ल्याएको थियो ।

नेपालको कानूनले २० वर्षभन्दा कम उमेरमा गरेको विवाहलाई बर्जित गरेको छ । किशोरीका आफन्तले दिएको उजुरीका आधारमा प्रहरीले युवकलाई बैशाख ५ गते जवरजस्ती करणी मुद्दामा म्याद थप गरेको जिल्ला प्रहरी कार्यालय मोरङले जानकारी दिएको छ ।