Rumpum Advertisement

मोरङका दुई युवालाई दुबईमा बन्धक बनाएर यातना, एजेन्ट समातिए

Neuro Revised Adv
Koshi Dashain ad
मोरङका दुई युवालाई दुबईमा बन्धक बनाएर यातना, एजेन्ट समातिए

विराटनगर
रोजगारको शिलसिलामा दुबई पुगेका दुई युवालाई बन्धक बनाएर कुटपिट गरेको पाइएको छ । मोरङको सुन्दरहरैँचा नगरपालिका– ५ लाटिझोडाका २१ वर्षीय पुष्पमणि गौतम र २३ वर्षीय रवीन पराजुलीलाई रोजगार दाता कम्पनीले मान्छे लगाएर यातना दिने गरिएको पाइएको हो ।

उनीहरू करिब ७ महिनाअघि एजेन्ट महेन्द्र तामाङ्गमार्फत काठमाण्डौस्थित ‘बाइटपल म्यानपावर’ बाट दुबई पुगेका थिए । तर, कम्पनीले पारिश्रमिक नदिई बन्धक बनाएर कुटपिट गर्ने गरेको उनीहरूका आफन्तले बताएका छन् ।

म्यानपावरले भने अनुसारको काम र तलब नदिएपछि घर फर्किने आग्रह गर्दा कम्पनीका मालिकले बन्धक बनाएर कुटपिट गरेको पुष्पमणिका बुबा भोजराजले बताए । छोरा र सालोलाई दुबईमा कम्पनीले यातना दिएपछि स्वदेश झिकाउन र एजेन्ट र म्यानवारलाई कारवाही गर्न माग गरेका छन् ।

उनले एजेन्टलाई कारवाही गरी विदेश जाँदा लिएको रकम फिर्ता गराउन श्रम तथा रोजगार कार्यालय विराटनगरमा उजुरी दिएका छन् । उनले चैत १५ गतेदेखि कोठामा बन्दक बनाएर कुटपिट गर्दै आएको बताए ।

भोजराजले छोरा र सालोलाई स्वदेश झिकाउन विदेश पठाउने म्यानपावर र एजेन्ट महेन्द्र तामाङलाई विन्ती गर्दा पनि कुनै चासो नदेखाएपछि श्रम तथा रोजगार कार्यालयमा आएको बताए । राम्रो काम र तलबको प्रलोभनमा देखाएर एजेन्ट तामाङमार्फत वाइटपल म्यानवापरबाट गौतम र पराजुलीले प्रतिव्यक्ति १ लाख ७० हजार रुपैयाँ बुझाएका थिए ।

गौतम र पराजुलीलाई विदेश पठाउने एजेन्टको काम गर्ने मोरङका सुन्दरहरैँचाका घर भइ इटहरीमा बसोबास गर्दै आएका महेन्द्र तामाङ्ग पक्राउ परेका छन् । श्रम तथा रोजगार कार्यालय विराटनगरले तामाङ्गलाई पक्राउ गर्न इटहरी प्रहरीलाई पत्रचार गरेपछि इलाका प्रहरी कार्यालय इटहरीले पक्राउ गरी श्रम कार्यालयमा बुझाएको छ ।

वैदेशिक रोजगार ऐन, २०६४ को दफा १० बमोजिम इजाजतपत्रबिना वैदेशिक रोजगार व्यवसाय संचालन गर्न र एजेन्टको रुपमा काम गर्न नपाउने प्रावधान छ । तर, तामाङले एजेन्टको कुनै पनि म्यानपावरको परिचयपत्र र इजाजत नलिइ वैदेशिक रोजगारमा पठाएकोले नियन्त्रणमा लिएको प्रेमप्रसाद सञ्जेलले जानकारी दिए ।

वैदेशिक रोजगारसम्बन्धि मुद्दामा पक्राउ परेका अभियुक्तलाई अड्डा सार गरेर काठमाण्डौमा वैदेशिक रोजगार विभागमा बुझाउने गरेको उनले बताए ।