Rumpum Advertisement

आफ्नो घर भत्काइदिएको भन्दै सुकुम्बासीले कार्यालयमा थुने जनप्रतिनिधि

Neuro Ad
आफ्नो घर भत्काइदिएको भन्दै सुकुम्बासीले कार्यालयमा थुने जनप्रतिनिधि

विराटनगर,
विराटनगर महानगरपालिका वडा नम्बर–६ का वडाअध्यक्ष विजय कामतसहित वडा सदस्य र कर्मचारीलाई स्थानीय कार्यकक्षमा थुनेका छन् । सुकुम्बासीको घर भत्काइदिएको विरोधमा आक्रोशित बनेका स्थानीयले शुक्रवार बिहान केही समय जनप्रतिनिधिसहितका कर्मचारीलाई कार्यकक्षमा नै थुनिदिएका हुन् ।

शुक्रबार बिहान १० बजेदेखि वडा कार्यालयमा ताला लगाएका थिए । वडा कार्यालय नजिकै ८ जना सुकुम्बासीले ऐलानी जग्गामा बनाएको कच्ची घर महानगरपालिकाको डोजरले भत्काएको थियो ।

डोजरले घर भत्काएको बिरोध स्थानीयले जनप्रतिनिधीलाई थुनेका हुन् । वडा भरीका सुकुम्बासी कार्यालयमा भेला भएर जनप्रतिनिधिलाई कार्यकक्षमै राखेर बारिहबाट केही समय तालाबन्दी गरेका थिए । तर, केही समयपछि खोलेको विराटनगर महानगरपालिकाका मेयर भीम पराजुलीले जानकारी दिए ।

सार्वजनिक जग्गामा व्यक्तिले सुकुम्बासीबाट पैसा लिएर टहरा बनाएपछि महानगरपालिकाले जोडर प्रयोग गरेर भत्काएको पराजुलीले बताए । ‘सार्वजनिक सम्पत्ति संरक्षण गर्ने दायित्व स्थानीय सरकारको हो,’ उनले भने, ‘सार्वजनिक जग्गामा बनाएको घर हटाउनभन्दा नमानेपछि महानगरले बल प्रयोग गरेको हो ।’