Rumpum Advertisement

मोरङमा ट्रकको ठक्करबाट मोटरसाइकल चालकको ज्यान गयो

Neuro Revised Adv
Koshi Dashain ad
मोरङमा ट्रकको ठक्करबाट मोटरसाइकल चालकको ज्यान गयो
प्रतिकात्मक फोटो

विराटनगर,
मोरङमा ट्रकको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु भएको छ । मोरङको बुढीमगंगा गाउँपालिका–३ मा ना२ ५३५२ नम्बरको ट्रकको ठक्करबाट ना४६प २५८५ नम्बरको मोटरसाइकलमा सवार चालकको मृत्यु भएको हो ।

मृत्यु हुनेमा सुनसरीको गढी गाउँपालिका–२ बस्ने २५ वर्षीय सन्तोष साह रहेका छन् । कोशी राजमार्गअन्तर्गत सो ट्रकले दक्षिणबाट उत्तरतर्फ जाँदै गरेको मोटरसाइकललाई बेलुका पौने ७ बजे पछाडिबाट ठक्कर दिएको थियो ।

दुर्घटनामा गम्भीर घाइते मोटरसाइकल चालक साहलाई उपचारको लागि टिचिङ अस्पताल टंकीसिनुवारी पठाइएकोमा उपचारको क्रममा बेलुका सवा ७ बजे मृत्यु भएको इलाका प्रहरी कार्यालय निमुवाले जनाएको छ ।

ठक्कर दिने ट्रक र चालक सुनसरी रामधुनी नगरपालिका–१ बस्ने ३० वर्षीय दीपेन बिकलाई उक्त कार्यालयको नियन्त्रणमा राखिएको छ ।