Rumpum Advertisement

समाजसेवी डा.शर्माद्वारा क्यान्सर पीडितलाई सहयोग

Neuro Revised Adv
Koshi Dashain ad
समाजसेवी डा.शर्माद्वारा क्यान्सर पीडितलाई सहयोग

विराटनगर,
नोबेल शिक्षण अस्पतालका सञ्चालक एवं समाजसेवी डा.सुनिल शर्माले क्यान्सर पीडित बिरामीलाई आर्थिक सहयोग गरेका छन् । मोरङको बेलबारी–१ की क्यान्सर पीडित बिष्णुमाया धिमालको उपचारका लागि डा.शर्माले ५० हजार रकम प्रदान गरेका हुन् ।

सहयोग प्रदान गर्न आयोजित कार्यक्रममा डा.शर्माले बिरामी धिमाललाई नगद प्रदान गरी स्वास्थ्य लाभको कामना गरे । आर्थिक अभावले उपचारमा समस्या झेल्दै आएकी बिरामी धिमाललाई सहयोग रकम हस्तान्तरण गर्न डा.शर्मा उनको घरैमा पुगेका थिए ।

यसअघि डा.शर्माले आगोले डढेकी बेलबारी–२ लालभित्तीकी कुमारी ऋषिदेब र मृगौलापीडित बेलबारी–४ की सरस्वती गुरुङको उपचारका लागि एक–एक लाख रकम प्रदान गरेका थिए ।

त्यस्तै सुन्दरहरैंचाकी क्यान्सरपीडित नन्दकुमारी मगर र तातोपानीले पोलेर घाईते भएकी बेलबारीकी सुकमायाँ राईको उपचारका लागि पनि डा.शर्माले जनही एक–एक लाख सहयोग गरे । डा.शर्माले गरिब तथा असहाय बिरामीलाई आर्थिक सहयोग गर्नुका साथै बिपन्न बिरामीलाई निःशुल्क उपचार गराउँदै आएका छन् ।

हजारौं गरिब तथा बिपन्न बिरामीलाई निःशुल्क उपचार गराईसकेका डा.शर्माले यो क्रमलाई निरन्तरता दिईरहेका छन् ।