Rumpum Advertisement

मोरङमा बम डिस्पाेज गर्न पुगेकाे टाेलीले कुकरभित्र बासी भात भेटेपछि….

Neuro Revised Adv
Koshi Dashain ad
मोरङमा बम डिस्पाेज गर्न पुगेकाे टाेलीले कुकरभित्र बासी भात भेटेपछि….

विराटनगर,
नेत्र विप्लप चन्द्र विप्लव समूहले बन्द्र आह्वान गरेको दिन बिहीवार बिहान मोरङको सुन्दरहरैँचा नगरपालिका– ३ स्थित पूर्व–पश्चिम राजमार्गको किनारमा शंकास्पद बस्तु भेटियो । बिहान मर्निङवाकमा हिँडेका व्यक्तिहरूले कालो प्लास्टिकमा कुकुर र कुकरबाट केही परसम्म तार पुर्याएको देखेपछि प्रहरीलाई खबर गरे ।

बम भेटिएको हल्ला एकैछिनमा गाउँभरि फैलियो । शंकास्पद वस्तु भेटिएको स्थानमा प्रहरीले सर्तकता अपनाएर नेपाली सेनाको पूर्वी पृतना इटहरीबाट बम डिस्पोजल टोलीलाई खबर ग¥र्याे ।

बिहान बम डिस्पोज गर्न पुगेको टोलीले कुकरभित्र बासी भात र साबुनका टुक्रा मात्र भेटे । बिहान करिब साढे ५ बजे भेटिएको वस्तुले आसपासका क्षेत्रका सर्वसाधरण त्रसित भएका थिए ।

बिहान पुगेको प्रहरीले पुरानो कुकरभित्र भात र साबुनको टुक्रा भेटेको प्रहरी स्रोतको जानकारी दिएको छ । तर, मोरङ प्रहरीले आाधिकारीक रुपमा पुष्टी गरेको छैन् ।

शंकास्पद वस्तु डिस्पोज गरेको बताउँदै भात भएको विषयमा जानकारी नभएको मोरङका प्रहरी उपरीक्षक मनोज केसीले बताए । ‘शंकास्पद वस्तुभित्र पड्किने सामाग्री थिएन् ।’ केसीले भने ।

बासी भात भेटिएको फोटो सार्वजनिक भएको विषयमा जिज्ञासा राख्दा उनले आफूसँग भएको फोटोमा भात नदेखिएको बताए ।