Rumpum Advertisement

मुख्यमन्त्रीले अभिभावकत्व ग्रहण गरेका बिनोद फेल, लालबाबुले जिम्मेवारी लिएका निरज फर्स्ट !

Neuro Revised Adv
Koshi Dashain ad
मुख्यमन्त्रीले अभिभावकत्व ग्रहण गरेका बिनोद फेल, लालबाबुले जिम्मेवारी लिएका निरज फर्स्ट !

विराटनगर
मुख्यमन्त्री शेरधन राईले अभिभावकत्व ग्रहण गरेका तीन विद्यार्थीमध्ये एक विद्यार्थी फेल भएका छन् ।

गत वर्ष मोरङको रतुवामाई नगरपालिका– ६ कादुपाडास्थित सरस्वती माध्यमिक विद्यालयमा मुख्यमन्त्री राईले नर्सरीमा भर्ना भएका विनोद मुर्मु, सुदर्शन मुर्मु र रेजिना खातुनको अभिभावकत्व ग्रहण गरेका थिए । तीनमध्ये लामो समय विद्यालय नआएका विनोद फेल भएका हुन् । सुदर्शन र रेजिना एलकेजीमा पुगेका छन् ।

वर्तमान सरकारको संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री लालबाबु पण्डितले आफ्नै निर्वाचन क्षेत्रका दुई जना विद्यार्थीको अभिभावकत्व ग्रहण गरेका थिए । उनले अभिभावकत्व ग्रहण गरेका विद्यार्थी निरज ठाकुर विपी आधारभूत विद्यालयका विद्यार्थी हुन् । यस्तै लालबाबुले अभिभावकत्व ग्रहण गरेका एलिसा सदार पनि पास भएकी छन् ।

गत वर्षको बैशाख ५ गते दुई विद्यार्थीको अभिभावकत्व ग्रहण गर्दा मोरङको बुढीगंगा गाउपालिका– ६ मा रहेको विपी आधारभूत विद्यालयका २५ विद्यार्थी सहित १४१ विद्यार्थीलाई विद्यालय पोसाक हस्तान्त्रण गरेका थिए ।

मुख्यमन्त्री पठाए चामल र तेल उपहार

प्रदेश १ का मुख्यमन्त्री शेरधन राईले मोरङको रतुवामाई नगरपालिका ६ मा पुगेर तीन विद्यार्थीको अभिभावकत्व ग्रहण गरेका थिए । कादुपाडास्थित सरस्वती माध्यमिक विद्यालयमा नर्सरीमा भर्ना भएका रेजिना खातुन, विनोद मुर्मु र सुदर्शन मुर्मुको अभिभावकत्व ग्रहण गरेका थिए । तर, त्यसयता मुख्यमन्त्री राईले विद्यार्थीको अवस्थाका बारेमा चासो दिएनन् ।

बैशाख दोस्रो साता अभिभावकत्व ग्रहण गर्ने बेला उनले उच्च शिक्षासम्म अध्ययनको जिम्मेवारी लिने बताए । उनले भनेका थिए, ‘विद्यार्थीको विषयमा म चासो राखिरहनेछु ।’

एक वर्षको अवधिमा उनले विद्यार्थीको अवस्थाका बारेमा खासै चासो दिएनन् । तर, विपन्न परिवारका लागि खाद्यान्य लताकपडा सहयोग गरे । केही महिनाअघि बालबालिकाका अभिभावका लागि ८ बोरा चालम, ६ पोका तेल, १० केजी नुन, कपडा र शैक्षिक सामाग्री सहयोग गरेका थिए ।

लालबाबु पण्डित गाउँ पुगे तर पुगेनन् स्कूल

साइकलमन्त्रीको रूपमा समेत चर्चा कमाएका लालबाबु पण्डित संघीय संसदको चुनावमा मोरङ क्षेत्र नम्बर ६ मा कांग्रेस नेता डाक्टर शेखर कोइरालालाई झिनो मत अन्तरले पराजित गर्दै वर्तमान सरकारको संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री बने ।

मन्त्री बनेपछि उनले आफ्नै क्षेत्र मोरङको बुढीगंगा गाउँपालिका– ६ मा रहेको विपी आधारभूत विद्यालयका दुई जना विद्यार्थीको अभिभावकत्व ग्रहण गरे । गत वर्षको बैशाख–५ गते तामझामका साथ १ सय ४१ विद्यार्थीलाई विद्यालय पोसाक हस्तान्त्रण गरी निरज ठाकुर र एलिसा सरदारको अभिभावकत्व ग्रहण गरेका पण्डित त्यसयता स्कूलसम्म पुगेका छैनन् ।

पटक–पटक मोरङ आएका पण्डित सार्वजनिक कार्यक्रममा सहभागि हुन बुढीगंगा धेरैपटक पुगे । तर, अभिभावकत्व ग्रहण गरेका विद्यार्थीका बारेमा चासो व्यक्त नगरेको एक शिक्षकले बताए ।

पण्डितले अभिभावकत्व ग्रहण गरेका निरज पास भएर हाल लक्ष्मी माबी डंग्राहमा अध्ययन गर्दैछन् । एलिसा कक्षा ५ मा पढ्दैछिन् । विद्यालय पोशाक वितरण गर्न स्कूल पुगेका पण्डितले त्यसयता विद्यार्थीको बारेमा चासो नदेखाएको विद्यालयका प्राध्यानाध्यापक महेशराम खाँले जानकारी दिए । उनका अनुसार निरजको पढाई राम्रो छ । उनी विपीमा अध्ययन गर्दा प्रथम भएका थिए ।