Rumpum Advertisement

ताप्लेजुङको छुट्टाछुट्टै स्थानबाट १० नाल भरुवा बन्दुक बरामद

Neuro Revised Adv
Koshi Dashain ad
ताप्लेजुङको छुट्टाछुट्टै स्थानबाट १० नाल भरुवा बन्दुक बरामद

ताप्लेजुङ,
ताप्लेजुङको छुट्टाछुट्टै स्थानबाट प्रहरीले विभिन्न स्थानबाट १० नाल भरुवा बन्दुक बरामद गरेको छ ।

मंगलबार बिहान १० बजे प्रहरी चौकी शिवाबाट खटिएको प्रहरीले फक्तालुङ गाउँपालिका–१ सावादिन जंगलमा बेवारिशे अवस्थामा ३ नाल भरुवा बन्दुक फेला पारी बरामद गरेको हो ।

त्यसैगरी बिहान पौने ११ बजे प्रहरी चौकी निगुरादिनबाट खटिएको प्रहरी टोलीले आठराई त्रिवेणी गाउँपालिका–१ बाट जंगलमा लुकाई राखेको १ नाल, इलाका प्रहरी कार्यालय दोभानबाट खटिएको प्रहरी टोलीले दिउँसो १२ बजे आठराई त्रिवेणी गाउँपालिका–२ फुलवारी स्थित ओडारे जंगलमा २ नाल हतियार फेला पारेको हो ।

यस्तै इलाका प्रहरी कार्यालय तेल्लोकबाट खटिएको प्रहरी टोलीले अपरान्ह साढे ४ बजे श्रीजंगा गाउँपालिका–३ कुन्जरीमा लुकाई राखेको ३ नाल बरामद गरेको हो भने सोही गाउँपालिका सिकैचा बस्ने ४० वर्षीय तुलाराम काङबाङले १ नाल लाईसन्ससहितको भरुवा बन्दुक प्रहरीलाई बुझाएको जिल्ला प्रहरी कार्यालय ताप्लेजुङले जनाएको छ ।