Rumpum Advertisement

मोरङको फेसबुक चोकमा आगलागी, १५ लाख बढीको क्षति

Neuro Revised Adv
Koshi Dashain ad
मोरङको फेसबुक चोकमा आगलागी, १५ लाख बढीको क्षति

विराटनगर,
मोरङको फेसबुक चोकमा आगलागी हुँदा १५ लाख बढीको क्षति भएको छ । मोरङको कानेपोखरी गाउँपालिका–६ स्थित फेसबुक चोक बस्ने वीरबहादुर भट्टराईको घरमा आगलागी हुँदा अन्दाजी १५ लाख २० हजार मूल्य बराबरको क्षति भएको हो ।

भट्टराईको घरमा अपरान्ह पौने ६ बजे बिजुलीको तार सर्ट भई आगलागी हुँदा टिनको छानो भएको दुई तले घर, घरभित्र रहेको लत्ता कपडा, भाँडावर्तन, काठपात, अन्नपातलगायत सम्पूर्ण सर–सामान जलेर नष्ट भएको इलाका प्रहरी कार्यालय पथरीले जनाएको छ ।

आगलागी भएको जानकारी पाउनासाथ तत्काल पथरीबाट खटिएको प्रहरी टोली र स्थानीयवासीको सहयोगमा आगो साँझ सवा ६ बजे नियन्त्रणमा लिएको उक्त कार्यालयले जनाएको छ ।