Rumpum Advertisement

प्रदेशका सामुदायिक विद्यालयमा स्काउट अभियान सुरु –मुख्यमन्त्री राई

Neuro Revised Adv
Koshi Dashain ad
प्रदेशका सामुदायिक विद्यालयमा स्काउट अभियान सुरु –मुख्यमन्त्री राई

बिराटनगर, बैशाख ४ ।

प्रदेश नम्बर १ का १ सय ३७ स्थानीय तहका १३७ सामुदायिक विद्यालयमा स्काउट अभियान सुरु भएको छ । मुख्यमन्त्री शेरधन राईले प्रदेशसरकारको सहकार्यमा १३७ स्थानीय तहका सामुदायिक विद्यालय र कलेजहरु स्काउट अभियान सुरु गरेको वताए ।

नेपाल स्काउट प्रदेश नं १ अन्तर्गत स्काउट आधारभूत तालीमको बुधबार विराटनगरमा उद्घाटन गर्दै उनले भने ‘वालवालिका र युवाहरु मानसिक , सामाजिक र अनुसाशित बनाइ समाज विकासका साथै राष्ट्रको विकासमा सहभागी गराउन स्काउट सफल हुने विश्वास लिएको छु ।’

उनले मुलुकमा शान्ति र राजनीतिक स्थिरता कायम रहेको अवस्थामा तीन तहका सरकारले विकासका आफ्नो लक्ष्यमा अगाडि तिव्र गतिमा अगाडि वढिरहेकोले जनताले त्यसको चाडै अनुभूति गर्न पाउने बताए ।

मुख्यमन्त्री राईले प्रदेश सरकारले सम्भावनाका योजनाहरुको आध्यावधिक गर्ने कार्य गरिरहेको वताउदै योजना वैंक, लगानी सम्मेलन, प्रदेश विकासको नयाँ मोडल लगायतका सोचका साथ अगाडि वढिरहेको जानकारी दिए ।

उनले अबको केही दिन भित्रमा प्रदेशको स्थायी राजधानी तथा नामाकारण टुङगाउने र त्यसपछि योजनावद्ध विकासको थालनीका शुरु गर्ने वताए ।

कार्यक्रममा बोल्दै सामाजिक विकास मन्त्री जीवन घिमिरेले युवाहरुलाई दुव्र्यवसनीवाट मुक्त वनाउन तथा परोपकार भवाना जगाउन स्काउट लाग्नु पर्नेमा जोड दिए ।

उनले प्रत्येक विद्यालय र कलेजमा स्काउटलाई उच्च प्राथमिकता राख्नु पर्नेमा जोड दिदै वालवालिकामा सिर्जनात्मक भावना जगाई समाजसेवी र नैतिकवानवनाउनु पर्ने आवश्यक्तता औल्याए ।

प्रदेश नं १ का उपसभामुख सरस्वती पोखरेलले समाजमा रहेको विकृति र विसंगति रोक्न र युवाहरुलाई अनुशासित वनाउन नैतिक शिक्षाको आवश्यकता रहेको धारणा व्यक्त गरिन ।

नेपाल स्काउटका प्रमुख आयुक्त लोकवहादुर भण्डारीको सभापतित्वमा सम्पन्न कार्यक्रममा प्रदेशका प्रमुख सचिव केदार न्यौपाने, प्याव्सन केन्द्रीय अध्यक्ष टिकाराम पुरी लगायतले स्काउटले समाजसेवाको भावना जगाउन विद्यालयस्तरमा कार्यक्रम सञ्चालन गर्नुपर्ने विचार व्यक्त गरे ।

प्रदेशका १३७ स्थानीय निकायका ३२७ पुरष र १९५ महिला प्रशिक्षकहरुले छ दिनसम्म आधारभूत तालीममा सहभागी हुने छन् ।