Rumpum Advertisement

विराटनगरको नयाँ इतिहास रच्न काम गर्दैछु : मन्त्री पण्डित

Neuro Revised Adv
Koshi Dashain ad
विराटनगरको नयाँ इतिहास रच्न काम गर्दैछु : मन्त्री पण्डित


विराटनगर, बैशाख ४ ।

संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री लालबाबु पण्डितले विराटनगरलाई समृद्ध शहरकोरुपमा विकास गर्ने दृढ संकल्पसहित आफुले काम गरिरहेको बताएकाछन् ।

विराटनगर ६ सरौचियामा मुस्लिम कम्युनिटी सेन्टरको शिलान्यास कार्यक्रममा बोल्नुहुंदै उनले यस्तो बताएका हुन् । सो अवसरमा बोल्दै उनले विराटनगरको आफ्नै गौरवमय इतिहास रहेको भन्दै अब नयाँ इतिहास रच्नेतर्फ आफुले काम गरिरहेको बताए ।

मन्त्री पण्डितले सबैको साथ सहयोग लिएर विराटनगरलाई प्रदेश एकको राजधानी बनाउने र काठमाण्डौपछिको ठुलो तथा समृद्ध शहर बनाउने दृढ संकल्प सहित काम गरिरहेको प्रष्ट पारे ।

उनले आर्थिक समृद्धि हासिल गर्न राजनितिक र सामाजिक सद्भाव सहित अघि बढ्न आवश्यक रहेको समेत बताए । सो ठाँउमा ४ कट्ठा जग्गामा निर्माण हुने मुस्लिम कम्युनिटी सेन्टरको शिलान्यास समेत गरे । १८ करोडको लागतमा २८ हजार स्क्वायर फिटको सुविधासम्पन्न ४ तले भवन निर्माण गर्न लागिएको हो ।

कार्यक्रममा शुभकामना ब्यक्त गर्नुहुंदै नेपाल कम्युनिष्ट पार्टीका नेता बिनोद ढकाल, नेपाली कांग्रेसका नेता अमृत अर्याल तथा उद्योग संगठन मोरङका अध्यक्ष भीम घिमिरे लगायतले मुस्लिम लगायत सबै समुदायको आवश्यकतालाई ध्यानमा राखि निर्माण गर्न लागिएको सामुदायिक भवनमा सबैले सहयोग गर्नु आवश्यक रहेको बताएकाछन् ।

सामुदायिक भवन निर्माणकालागि मन्त्री पण्डितले १ करोड बजेट उपलब्ध गराएको जनाइएको छ ।