Rumpum Advertisement

विराट आदर्श साहित्य मञ्चको आयोजनामा ‘स्रष्टा र सिर्जना’ कार्यक्रमको दोस्रो श्रृंखला सम्पन्न

Neuro Revised Adv
Koshi Dashain ad
विराट आदर्श साहित्य मञ्चको आयोजनामा ‘स्रष्टा र सिर्जना’ कार्यक्रमको दोस्रो श्रृंखला सम्पन्न


माधव काफ्ले
विराटनगरका विद्यार्थीहरूको संस्था विराट आदर्श साहित्य मञ्चकोे आयोजनामा ‘स्रष्टा र सिर्जना’ कार्यक्रम शनिबार सम्पन्न भएको छ । विराटनगरस्थित पत्रकार महासंघको हलमा भएको सो कार्यक्रममा श्रम तथा रोजगार कार्यालय विराटनगरका प्रमुख तथा कवि प्रेमप्रसाद सञ्जेललगायतले आफ्नो कविता सुनाएका थिए ।

विराटनगरस्थित बीएफएम ९१.२ मेघाहर्जको सहकार्यमा भएको कार्यक्रममा सञ्जेलले ‘म पानीमा आगो बाल्छु’ बोलको कविता सुनाएका थिए भने मकवानपुरकी कवीयत्री अनिता न्यौपाने, झापाका कवि धनकुटे कान्छा, मोरङका कवि रमेशचन्द्र अधिकारीलगायतले आफ्ना ४–४ वटा कविताहरूले हल नै गुन्जायमान बनाएका थिए ।

यस्तै कार्यक्रममा भ्रष्टाचार विरोधी कर्मचारी र कविको पहिचान बनाएका प्रेमप्रसाद सञ्जेललाई सम्मान गरिएको थियो । सञ्जेललाई प्राज्ञ दधिराज सुवेदी समालोचक रमाप्रसाक रिजाल बरिष्ठ गायक एलपी जोशी र पत्रकार मीनकुमार नवोदितसहितले सम्मान गरेका थिए ।

विराटनगरको कला र साहित्यलाई देशैभरी जोड्न र नव–साहित्यकारहरुको प्रतिभा उजागर गर्न स्रस्टा र सिर्जना कार्यक्रमको आयोजना गरिएको आयोजक विराट आदर्श साहित्य मञ्चका अध्यक्ष कटवाल दीपकले बताए ।

उनले अघिल्ला पुस्ताहरूका कविता सुनेर नयाँ पुस्ताले केही सिकुन भन्ने उद्देस्यका साथ स्रस्टा र सिर्जना कार्यक्रम हरेक २–२ महिनामा सञ्चालन गरिने बताए । यसअघि मञ्चले विराटनगरस्थित महेन्द्र मोरङ आदर्श बहुमुखी क्याम्पसमा पहिलो श्रृंखलाको कार्यक्रम गरेको थियो । जसमा, गायकद्वय राज सिग्देल र एलपी जोशीले आफ्ना गायन प्रस्तुती राखेका थिए ।