Rumpum Advertisement

बाँस झ्यांगमा पेस्तोल लुकाउने पक्राउ

Neuro Revised Adv
Koshi Dashain ad
बाँस झ्यांगमा पेस्तोल लुकाउने पक्राउ


विराटनगर, बैशाख ३ ।

मोरङको विराटनगर महानगरपालिका १६ स्थित दरैया चिहान घारी नजिक रहेको बाँस झ्याङमा पेस्तोल लुकाएको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ ।

विराटनगर महानगरपालिका १५ घर भई हाल विराटनगर १६ दरैया वस्तीमा बस्दै आएका मणीकुमार सिंहलाई अनुसन्धानको क्रममा प्रहरीले नियन्त्रणमा लिएको हो ।

गत १ गते ईलाका प्रहरी कार्यालय रानी र सिमा प्रहरी चौकी रानीबाट गएको टोलीले बाँस झ्यांगमा मेड इन यूएसए लेखेको पेस्तोल र त्यसमा प्रयोग हुने २ राउण्ड गोली प्रहरीले बरामद गरेको थियो ।

मोरङ प्रहरीले सोमबार सिंहलाई नियन्त्रणमा लिएको  छ । मुलुकीअपराध कार्यविधि (संहिता) ऐन २०७४ बमोजिम थप अनुसन्धान सुरु गरिएको प्रहरीले जनाएको छ ।