Rumpum Advertisement

तार जोड्दा करेण्ट लागेर मजदुरको मृत्यु

Neuro Revised Adv
Koshi Dashain ad
तार जोड्दा करेण्ट लागेर मजदुरको मृत्यु


विराटनगर, बैशाख ३ ।

विद्युत तार जोड्ने क्रममा करेण्ट लागेर एक जनाको मृत्यु भएको छ । विराटनगरमा निर्माणधीन अवस्थामा रहेको क्षेत्रीय सहरी विकास परियोजनाको काम चलीरहेको स्थान जिल्ला अदालत मोरङ नजिकै तार जोड्ने क्रममा करेण्ट भोजराज दुलालको मृत्यु भएको हो ।

विद्युत प्रधिकरणलाई लाइन काट्न लगाएर मजदुर तार जोड्दै गर्दा करिब ३ बजे एक्कासी करेण्ट प्रवाह भएपछि पर्सा जिल्लाको सखुवा पसौनी गाउपालिका– १ का दुलालको मृत्यु भएको हो ।

काम गरिरहेको अवस्थामा एक्कासी करेण्ट लागेर घाइते भएका उनको उपचारकालागि गोल्डेन अस्पताल ल्याइएको थियो । तर उपचारका क्रममा दुलालको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मोरङका प्रहरी नायव उपरीक्षक घनश्याम श्रेष्ठले जानकारी दिए ।

नेपाल विद्युत प्राधिकरण विराटनगर वितरण केन्द्रका प्रमुख राजिव सिंहले  प्राधिकरणले विद्युत कटौती गरे
पनि काम चलिरहेको स्थानमा कसैले जेनेरेटर चलाएका कारण मजदुरलाई करेन्ट लागेको बताउछन् ।

गत माघ ११ गते पनि कोशी राजमार्गको विराटनगर भृकुटी चोक खण्डमा बिजुलीको नयाँ पोलमा तार सार्ने क्रममा करेण्ट लागेर तीन जना घाइते भएका थिए ।

११ हजार भोल्टको तार सिफ्टीङकालागि पोलमा चढेका विराटनगर– ४ का ३०  वर्षीय रिहान मियाँ, २१ वर्षीय मुकेश पासवान र सन्दिप पासवान घाइते भएका थिए । सोही बेला घाइते रिहानको उपचारकालागि काठमाडौं लगिएको थियो ।