Rumpum Advertisement

पूर्वराजा ज्ञानेन्द्रको पछुवा गाडीको ठक्करबाट घाइते भएका प्रकाशको पनि मृत्यु

Neuro Revised Adv
Koshi Dashain ad
पूर्वराजा ज्ञानेन्द्रको पछुवा गाडीको ठक्करबाट घाइते भएका प्रकाशको पनि मृत्यु

विराटनगर,
पूर्वराजा ज्ञानेन्द्र शाहको पछुवा कारको ठक्करबाट घाइते भएका प्रकाश चौधरीको मृत्यु भएको छ ।

गत बुधवार पूर्वराजा ज्ञानेन्द्रलाई विराटनगर विमानस्थल पुर्याएर झापा फर्कँदै गरेको सुरक्षाकर्मी सवार बा३च ७९६२ नम्बरको पछुवा गाडीको ठक्करबाट इटहरी उपमहानगरपालिका– ९ का २२ वर्षीय हेम चौधरीको मृत्यु भएको थियो भने २२ वर्षीय प्रकाश चौधरी गम्भीर घाइते भएका थिए ।

घाइते चौधरीको उपचारका लागि नोबेल मेडिकल कलेज लगिएको थियो । तर, नोबेलमा उपचार हुन नसकेपछि विराटनगर अस्पताल (विराट नर्सिङहोम) भर्ना गरिएको थियो । अस्पतालले मंगलबार बिहान चौधरीको निधन भएको बताएको छ ।

जिल्ला प्रहरी कार्यालय मोरङका डिएसपी घनश्याम श्रेष्ठले उपचारका क्रममा चौधरीको मृत्यु भएको जानकारी दिए । पूर्वराजा ज्ञानेन्द्र शाहको सुरक्षामा खटिने सुरक्षाकर्मी सवार बा ३च७९६२ नम्बरको कारले विराटनगरबाट झापा फर्कँने क्रममा मोरङको सुन्दरहरैँचा नगरपालिका– ४ मा को १५ प ९९७८ नम्बरको मोटरसाइकललाई ठक्कर दिएको थियो ।

ठक्करबाट सुन्दरहरैचामा अल्मुनियमको काम गरेर फर्कँदै गरेका हेमको ज्यान गएको थियो भने प्रकाशको टाउकोमा चोट लागेको थियो । अल्मुनियमको काम गर्ने आएका २२ वर्षीय प्रकाश र हेम साइटको कामले गर्दा मोरङका सुनसरीका विभिन्न स्थानमा पुग्ने गरेका थिए ।

काम गर्न टाढा पुगेपनि उनीहरू साझ भने सधैँ घर नै आउँथे । बुधवार पनि सुन्दरहरैँचामा दिनभरी काम गरेर मोरटरसाइकलमा घर फर्कँदै गर्दा पूर्वराजा ज्ञानेन्द्रलाई एयरपोर्टमा छाडेर फर्किएको गाडीले ठक्कर दिएको थियो ।

घटना बुधवार साँझ सात बजेको भएपनि पूर्वराजाको नाम जोडिएपछि प्रहरीले सार्वजनिक गरेको थिएन् । एक दिन गुपचुप राखिएको घटना विवरण बिहीबार बिहान सार्बजनिक भएको थियो ।