Rumpum Advertisement

माटोको ढिस्कोले पुरिएर १ जनाको मृत्यु, २ घाइते

Neuro Revised Adv
Koshi Dashain ad
माटोको ढिस्कोले पुरिएर १ जनाको मृत्यु, २ घाइते


ओखलढुङगा, चैत्र १८ ।

ओखलढुङगाको लिखु गाउँपालिका ३ नर्वदेश्वर सतलुङमा माटो खन्ने क्रममा माटोको ढिस्कोले पुरिएर १ जनाको मृत्यु भएको छ । सोही क्रममा २ जना घाइते भएका छन् ।

विहिबार दिउँसो २बजे लिखु गाऊँपालिका ४ की ५५ वर्षीया सेतीमाया मगरको मृत्यु भएको हो । घटनमा उनकी छोरी १८ वर्षीया विष्णु मगर र ३२ वर्षीया गोमा मगर घाइते भएका छन् ।

घर लिप्ने माटो खन्न गएका उनीहरु माटो खन्ने क्रममा माटोको ढिस्कोले पुरिएका हुन् । पुरिएर सेतीमाया मगरको घटनास्थलमा नै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय ओखलढुङगाले जनाएको छ ।

घाइते दुई जना मध्ये बिष्णु मगरको अवस्था गम्भीर रहेको छ । उनलाई उपचारकोलागि काठमाण्डौँ लगिएको छ । यस्तै अर्की घाइते गोमाको अबस्था सामान्य रहेको छ ।