Rumpum Advertisement

रोकिएन ढुंगागिट्टी अवैध उत्खनन् र तस्करी

Neuro Ad
Koshi Dashain ad
रोकिएन ढुंगागिट्टी अवैध उत्खनन् र तस्करी

निरन्तर आवाज उठाउँदा पनि क्रसर नहटेको र प्राकृतिक स्रोतको दोहन नरोकिएको भन्दै सांसदले प्रदेश सभामा आक्रोश पोखे , – ‘के सबै सरकार अन्धो र बहिरो बनेका हुन किन छानबिन गरेर दोषीलाई कार्बाही हुदैन ?


विराटनगर, चैत्र २८ ।

मोरङको बिभिन्न क्षेत्रमा हुदै आएको प्राकृतिक स्रोत साधनको दोहन रोक्न पटक पटक स्थानीयले आन्दोलन गरिरहेको र प्रदेश सभामा आवाज उठाए पनि कुनै वास्ता नगरि टुलुटुलु हरेर बसेको भन्दै प्रदेश सांसदहरुले सरकारसँग आक्रोश ब्यक्त गरेका छन ।
मोरङको सुन्दरपुरहरैचा नगरपालिकामा रहेको गछिया, केरावारी गाँउपालिकामा रहेको खदम र बेलबारीमा रहेको लोहन्द्रा र चिसाङ, उर्लाबारीमा रहेको बेतिनी, मावा लगायतका खोलाहरुमा मापदण्ड बिपरित क्रसर उद्योग संचालन हुदाँपनि सरकारले वास्ता नगरेको उनीहरुको भनाई छ ।

ढुंगागिटी अबैध उत्खनन गरेको बारे पटक पटक आवाज उठाए पनि प्रदेश र संघीय सरकारले नियमन गर्न वास्ता नगरेको भन्दै प्रदेश सांसदहरुले आक्रोश पोखेका हुन ।  बिहिबार एक नम्बर प्रदेश सभाको बैठकको शुन्य समयमा बोल्दै मुख्य प्रतिपक्षी दल काँग्रेसका सांसद सुयर्मा राईले पटक पटक स्थानीयको आन्दोलन गरि संसदहरुले प्रदेश सभामा आवाज उठाए पनि प्राकृतिक स्रोतको दोहनबारे कुनै पनि सरकारले नियमन गर्न वास्ता नगर्नु आश्चर्य भएको बताए ।

उनले सभामा मोवाइलबाट जनताले प्राकृतिक स्रोतको दोहन रोक्न र मापदण्ड बिपरित संचालन भैरहेका क्रसर उद्योग हटाउन सडकमा नाराबाजी गर्दै आन्दोलन गरेको श्रृव्यदृश्य पनि सुनाएका थिए । श्रृव्यदृश्य सुनाइसकेपछि उनले सभामुखलाई ईगित गर्दै सरकारलाई भने,– ‘यति धेरै जनताले आन्दोलन गर्दा र सम्मानित सदन मार्फत ध्यान आर्कषण गराउदा पनि किन केही हुदैन के सबै तहका सरकार दृष्टिविहिन र बहिरो भएका हुन ।’

सांसद सुयर्माराजले मोरङमा भइरहेको प्राकृतिक स्रोतको अवैध उत्खनन र ओसारपसार अनि मापदण्ड बिपरित संचालन भएका क्रसर उद्योगहरु तुरुन्त हटाउन सरकारले बिषेश छानबिन समिति बनाएर पहल थाल्नुपर्ने बताउ । सांसद राईले मोरङमा भैरहेको प्राकृतिक स्रोतको दोहनलाई लिएर निरन्तर रुपमा सभामा आवाज उठाउदै आइरहेका छन ।

यसैगरि सत्ताधारी दल नेकपाका सांसद कुशल साम्बा (लिम्बु) ले पनि बुधबार मोरङको उर्लाबारी १ मा एउटै वडामा संचालन भैरहेका पाँच वटा क्रसर उद्योगहरु हटाउन र जिल्लामा भैरहेको प्राकृतिक स्रोतसाधनको दोहन रोक्न माग गरेका थिए ।

सांसद लिम्बुले पनि अवैध रुपमा भैरहेको प्राकृतिक स्रोतको दोहन रोक्न र मापदण्ड विपरित क्रसर संचालन गर्न दिनुहुदैन भनेर सभामा निरन्तर आवाज उठाउने गर्दछन । तर एक वर्षदेखी निरन्तर आवाज उठाए पनि संघ, प्रदेश र स्थानीय सरकार कसैले पनि अनुगमन गरेर नियमन गर्न चासो नदिएको गुनासो सांसदहरुको छ ।

सांसद सुयर्माराज राई भन्छन, – ‘यति धेरै जनताले आन्दोलन गर्दा पनि र संसदमा निरन्तर आवाज उठाउदा पनि कुनै पनि तहका सरकारले चासो नदिनु भएको सबै जनाको मिलोमतो छ भन्ने प्रष्ट छ, यसैले बिशेष छानबिन गरि सबैलाई कारवाही हुनुपर्छ ।’

मापदण्ड बिपरित संचालन भएका क्रसर उद्योगले धुलो, उच्च ध्वनि प्रदुषण फैलाएको, वातावरणमा प्रतिकुल असर पारेका, बालबालिका र जेष्ठ नागरिकहरुमा समस्या थपेको छ । प्राकृतिक स्रोतको अवैध उत्खनन गर्नेहरुले भुक्षय र बाढी प्रकोपको समस्या बढाएर मानव बस्ती जोखिममा पारेको स्थानीय र सांसदहरुको आरोप छ ।

उनिहरुले विज्ञ सहितको बिशेष अनुगमन टोलीले सुक्ष्म छानबिन गरेर मापदण्ड अनुसार आवश्यक मात्र क्रसर उद्योगहरु उचित स्थानमा संचालन गर्न दिनुपर्ने माग गरिरहका छन् । यसरी भइरहेको अबैध उत्खनन र ओसारपसार पुर्ण नियन्त्रण गर्नुपर्ने माग गर्दै आएका छन् ।

क्रसर उद्योग हटाउन माग गर्दै मोरङको उर्लाबारीमा स्थानीयहरु रिले अनसन गरिरहेका छन् भने बयरबन, केरावारी लगायतका क्षेत्रमा स्थानीयहरुले निरन्तर प्रर्दशन गर्दै आएका छन् ।