Rumpum Advertisement

मोरङमा कारको ठक्करबाट मोटरसाइकलमा सवार एक जनाको मृत्यु, १ घाइते

Neuro Revised Adv
Koshi Dashain ad
मोरङमा कारको ठक्करबाट मोटरसाइकलमा सवार एक जनाको मृत्यु, १ घाइते

विराटनगर,
मोरङमा कारको ठक्करबाट एक जनाको मृत्यु भएको छ भने एक घाइते भएका छन् । मोरङको सुन्दरहरैँचा नगरपालिका–४ बुधवारे चोकमा बुधबार कारको ठक्करबाट मोटरसाईकलमा सवार एक जनाको मृत्यु भएको हो ।

पूर्व–पश्चिम राजमार्गअन्तर्गत पश्चिमतर्फ जाँदै गरेको बा३च ७९६२ नम्बरको कारले विपरित दिशाबाट आउँदै गरेको को१५प ९९७८ नम्बरको मोटरसाइकललाई राति ९ बजे ठक्कर दिएको थियो ।

कारको ठक्करबाट मोटरसाइकल चालक इटहरी उपमहानगरपालिका–८ बस्ने २२ वर्षीय प्रकाश चौधरी र मोटरसाइकलको पछाडि सवार वर्ष २२ को हेम चौधरी गम्भीर घाइते भएका थिए ।

घाइते दुवैलाई उपचारको लागि नोबेल अस्पताल विराटनगर पठाइएकोमा उपचारको क्रममा मोटरसाइकलको पछाडि सवार हेम चौधरीको राति साढे ९ बजे मृत्यु भएको इलाका प्रहरी कार्यालय बेलवारीले जनाएको छ ।

मोटरसाइकल चालकको सोही अस्पतालमा उपचार भइरहेको छ भने कार र चालकलाई प्रहरीको नियन्त्रणमा राखिएको छ ।