Rumpum Advertisement

प्रदेश पात्रो स्वीकृत : जनै पूर्णिमा, उधौली, इद र छठमा विदा थप

Neuro Revised Adv
Koshi Dashain ad
प्रदेश पात्रो स्वीकृत : जनै पूर्णिमा, उधौली, इद र छठमा विदा थप

विराटनगर
प्रदेश १ सरकारले केन्द्र सरकारले तोकेकोभन्दा बाहेक थप ४ वटा बिदा दिने निर्णय गरेको छ । बुधवार बसेको प्रदेश मन्त्रिपरिषद् बैठकले २०७६ सालको हिन्दूहरूको पर्व जनै पूर्णिमा, उधौली पर्व, मुस्लिमहरूको पर्व इदुल फित र छठ पर्व गरी थप चारवटा विदा दिने निर्णय गरेको हो ।

प्रदेश एक आन्तरिक मामिला तथा कानूनमन्त्रालयले पेस गरेको प्रदेश पात्रो स्वीकृत गर्दै प्रदेश एकमा चारवटा विदा थप गर्ने निर्णय गरेको मन्त्री हिक्मत कार्कीले जानकारी दिए । बुधवार बसेको मन्त्रिपरिषद् बैठकले वृहत्तर विराट विकास क्षेत्र सम्बन्धकमा व्यवस्था गर्न बनेको विधेयक २०७५ संसदमा पेस गर्ने स्वीकृति प्रदान गरेको छ ।

त्यस्तै विपत व्यावस्थापन ऐन २०७५ संसोधन गर्न स्वीकृति प्रदान गरेको छ । बैठकले प्रदेश सरकारको राजपत्र प्रकाशन गर्ने निर्णय पनि गरेको छ । प्रदेश राजपत्रमा प्रदेश सरकार तथा स्थानीय तहहरूको निर्णयहरु प्रकाशन गर्नेछ ।

राजपत्र प्रकाशनको काम तत्काल सुरु गर्ने मन्त्री कार्कीले जानकारी दिए । त्यस्तै प्रदेश सरकारले विपद कोष सञ्चालन कार्यविधि र सामाजिक विकास संस्था नियमावली संसदमा पेस गर्न स्वीकृति गरेको प्रदेश सरकारका प्रवक्ता कार्कीले जानकारी दिए ।