Rumpum Advertisement

तीन वर्षीया बालिकामाथि यौन दुर्व्यवहार गर्ने १५ वर्षीय बालकलाई ९ महिना जेल सजाय

Neuro Revised Adv
Koshi Dashain ad
तीन वर्षीया बालिकामाथि यौन दुर्व्यवहार गर्ने १५ वर्षीय बालकलाई ९ महिना जेल सजाय

गाईघाट,
उदयपुरमा तीन वर्षीया बालिकामाथि यौन दुर्व्यवहार गर्ने १५ वर्षीय बालकलाई जेल सजाय सुनाइएको छ । उदयपुर जिल्लाको त्रियुगा नगरपालिकाकाको दमौटीमा एक तीन वर्षीय बालिकामाथि यौन दुर्व्यवहार गर्ने स्थानीय १५ वर्षीय बालकलाई जिल्ला अदालत उदयपुरले नौ महीनाको जेलसजाय फैसला गरेको हो ।

जिल्ला अदालत उदयपुरका श्रेस्तेदार राजकुमार आचार्यका अनुसार मङ्गलबार जिल्ला न्यायाधीश तेजेन्द्रप्रसाद शर्माको इजालासले बालिका यौन दुर्व्यवहार गर्ने १५ वर्षीय बालकलाई नौ महिनाको जेलसजाय फैसला गरेको हो ।

गत भदौ ३० गते बालकले एक तीन वर्षीय बालिकामाथि यौन दुर्व्यवहार गरेपछि पीडितको अभिभावकको उजुरीमा प्रहरीले पक्राउ गरेको थियो । त्यसपछि बालक विरुद्ध जिल्ला अदालतमा यौन दुव्र्यवहार विरुद्ध मुद्दा चले पनि रु ५० हजार धरौटीमा बाल तारेखमा रिहा भएका थिए ।

तर मङ्गलबार जिल्ला अदालतले बालकलाई नौ महीना जेलसजायको फैसला गरेको जिल्ला अदालत उदयपुरले बताएको छ । मुलुकी अपराधसंहिता ऐन, २०७४ को दफा २२५ (१) का अनुसार यौन दुव्र्यवहार गर्ने विरुद्ध डेढवर्ष जेलसजाय हुने प्रावधान रहेको र उक्त १५ वर्षीय अभियुक्त बालक भएका कारण आधा सजाय हुनेगरी नौ महीना जेल सजाय तोकेको पनि जिल्ला अदालत उदयपुरले बताएको छ ।

बालकलाई सजाय भुक्तानी गराउन नौ महीना सुधार गृहमा पठाइने पनि जिल्ला अदालत उदयपुरले बताएको छ । रासस