Rumpum Advertisement

मोरङ प्रहरीले सुरु गर्‍यो आफ्नै क्यान्टिन

Neuro Revised Adv
Koshi Dashain ad
मोरङ प्रहरीले सुरु गर्‍यो आफ्नै क्यान्टिन

विराटनगर
मोरङ प्रहरीले प्रहरी कर्मचारीहरूका लागि सहुलियत क्यान्टिन सुरु गरेको छ । प्रहरी कर्मचारी र आश्रित परिवारका लागि सहुलियत क्यान्टिन सुरु गरेको हो ।

क्यान्टिनमा प्रहरी कर्मचारीले दैनिक उपभोग्य वस्तु कार्यालयबाट सहुलियत मूल्यमा पाउँछन् । क्यान्टिनमा दाल, चालम, तेल, चाउचाउ, बिस्कुट, सर्फ, साबुन जस्ता दैनिक उपभोग्य सामाग्रीहरू राखिएको जिल्ला प्रहरी कार्यालय मोरङका डिएसपी घनश्याम श्रेष्ठले जानकारी दिए ।

उनका अनुसार उपभोग्य सामाग्रीहरू सम्बन्धित उद्योग तथा थोक विक्रेताबाट खरिद गरी थोक मूल्यमै प्रहरी कर्मचारीहरूलाई प्रदान गरिने छ । क्यान्टिनबाट सामाग्री खरिदका लागि प्रहरी कर्मचारीले एक हप्ताअघि नै आवश्यक सामाग्रीको लिस्ट टिपाउनु पर्नेछ ।

प्रहरी कर्मचारीको आचरण सुधारका निम्ति पनि सहुलियत क्यान्टिन सुरु गरेको बताइएको छ । हप्तामा एकपटक खुल्ने क्यान्टिनबाट मोरङमा कार्यरत १ हजार १ सय ५८ जना प्रहरी कर्मचारी सहभागि हुनेछन् ।