Rumpum Advertisement

गोल्छा अर्गनाइजेसनका उपाध्यक्ष तथा उद्योगी दीवाकर गोल्छाको निधन

Neuro Revised Adv
Koshi Dashain ad
गोल्छा अर्गनाइजेसनका उपाध्यक्ष तथा उद्योगी दीवाकर गोल्छाको निधन

विराटनगर,

नेपालको प्रतिष्ठित औद्योगिक घराना गोल्छा अर्गजनाइजेसनका उपाध्यक्ष तथा उद्योगी दीवाकर गोल्छाको निधन भएको छ । ६७ वर्षीय दीवाकरको मंगलबार भारतमा उपचारको क्रममा उनको निधन भएको हो ।

भारतको चेन्नइमा उपचाररत रहेको अवस्थामा गोल्छाको मंगलबार राति निधन भएको हो । स्वर्गीय गोल्छा पहिलो संविधानसभामा कांग्रेसको तर्फबाट सभासद बनेका थिए । तमिलनाडुस्थित एक अस्पतालमा दुई साताअघि उनको किड्नी ट्रान्सप्लान्ट गरिएको थियो । उनको शव नेपाल ल्याएर अन्तिम संस्कार गरिने तैयारी भैरहेको भाई शेखर गोल्छाले जानकारी दिए ।

दीवाकर नेपालको प्रसिद्ध औद्योगिक घरानाका संस्थापक स्वर्गीय रामलाल गोल्छाका नाति तथा हंसराज गोल्छाका छोरा हुन् । प्रसिद्ध उद्योगीहरू लोकमान्य, दिनेश, राजकुमार र महेन्द्र गोल्छा उनका दाजुभाईहरू हुन् ।

विराटनगरमा जन्मिएका गोल्छा काठमाडौंको शंखमूलमा बसोबास गर्दै आएका थिए । उनका २ छोराहरू हितेस र हिमांशु रहेका छन् ।

यो पनि पढ्नुहोस्:

बिखण्डन हुँदै गोल्छा घरानाको संयुक्त परिवार, मूल घर पनि अंशबण्डा हुँदै